नेइमारलाई अनुबन्ध गर्ने प्रयासमा बार्सिलोना सफलता नजिकै, यस्तो छ पछिल्लो स्थिति
या माकाठमाडौं। स्पेनिस क्लव बार्सिलोना ब्राजिलियन स्ट्राइकर नेइमारलाई फर्काउने प्रयासमा सफलता नजिकै पुगेको छ । पछिल्लो समय बार्सिलोनाको प्रतिनिधिमण्डल पिएसजीका डाइरेक्टरहरुँग छलफल गर्नको लागि पेरिस गएको छ । एरिक अबिडालसहितको टोली मंगलबार पेरिस गएको स्पेनिस मिडिया मार्काले उल्लेख गरेको छ ।
बार्सिलोनाले यो डीलमा फिलिप कोटिन्होलाई समावेश गर्न चाहन्छ । नेइमारको बदलामा फिलिप कोटिन्हो पिएसजीलाई दिएपछि बार्सिलोनाले तिर्नुपर्ने पैसा कम हुनेछ । कोटिन्होको मूल्यांकन गरेर त्यसमा नपुग्ने रकम थप गरी नेइमारलाई ल्याउने बार्सिलोनाको तयारी छ । पिएसजीले नेइमारको लागि २५० मिलियन युरो मागेको छ ।
मंगलबारको बैठकमा बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टेमोउ भने सहभागी थिएनन् । उनले पिएसजीका निर्देशकहरुसँग भोलि बिहीबार लण्डनमा हुने युरोपियन क्लव एसोसिएसनको सम्मेलनमा भेट गर्ने अपेक्षा गरिएको छ । अहिलेको लागि बार्सिलोना पहिलेभन्दा धेरै आशावादी छ । मंगलबारको बैठकपछि आफूहरु नेइमारलाई फ,र्काउने प्रयासमा एक कदम अगाडि बढेको बार्सिलोनाको विश्वस छ ।
Facebook Comment