गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा उभिन एमालेको आह्वान

डिसी नेपाल
२४ असोज २०८१ १६:१९

काठमाडाैं। नेकपा एमालेले लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेको छ।

पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले समाजमा निराशा, नकारात्मकता, विद्वेष फैलाउने प्रवृत्ति देखापरेको भन्दै देश बनिरहेको छ भन्ने सकारात्मक सन्देशकासाथ लोकतन्त्र गणतन्त्र संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आव्हान गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकले हालैको बाढीपहिरोबाट प्रभावितको पुनःस्थापना, राहत र खोजी बाँकी भएकाले सम्पूर्ण जनसंगठन, कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयंसेवी भूमिकासहित सहयोगमा निरन्तर लागिरहन आव्हान समेत गरेको उनले बताए।

सचिवालय बैठकले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि कार्तिक २२ गतेसम्म तल्ला कमिटीले आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाउन र उपनिर्वाचनमा सक्रिय रुपमा परिचालन गर्ने व्यवस्था प्रदेश कमिटीले गर्ने निर्णय गरेको छ।

त्यस्तै बैठकले पार्टीको स्थायी भवन कीर्तिपुर नगरपालिका वडा नम्बर २ मा निर्माण गर्ने निर्णय समेत गरेको छ।

शुक्रबार १२ बजेर २५ मिनेटमा पार्टी कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको उपमहासचिव ज्ञवालीले बताए। त्यस्तै ज्ञवालीले प्राकृतिक प्रकोपको तयारी र त्यसपछि उत्पन्न परिस्थीतिको सामना सरकारको सामथ्र्यले भ्याएसम्म गरेको उल्लेख गरे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *