कृष्णको ‘माखायात ग्वंग: माः भिडियोमा किरण र आराध्या ( भिडियो )

डिसी नेपाल
२५ असोज २०८१ १५:५३

काठमाडौं। गायक कृष्ण भक्त महर्जन र गायिका बानिका प्रधानको युगल गायनमा रहेको नेपाल भाषाको गीत “माखायात ग्वंग: माः” म्युजिक भिडियो सहित सार्वजनिक भएको छ।

यस गीतमा शब्द, संगीत स्वयम् गायक महर्जनको रहेको छ। गीतलाई हरि शरण सायमीले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा किरण जोशी र आराध्या लक्ष्मी खड्गीबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। लुभु वेभ म्युजिक इन्स्टिट्युट एण्ड स्टुडियो मार्फत भिडियोको छायाँकन र सम्पादन भएको हो।

बाल मुकुन्द प्रजापतिको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘कृष्ण भक्त महर्जन’ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *