एकतर्फी खुल्यो अवरुद्ध बिपी राजमार्ग

डिसी नेपाल
२५ असोज २०८१ १८:१३

धुलिखेल। सुख्खा पहिरोबाट अवरुद्ध भएको बिपी राजमार्ग एकतर्फी खुलेको छ। काभ्रेपलान्चोकको रोशी गाउँपालिका-११ पिप्लेमा खसेको पहिरो पन्छाएर सडक सुचारु गरेको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।

पहिरोमा परि खोटाङबाट काठमाडौं आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमो पुरिएको थियो भने सिन्धुली खुरकोटबाट काठमाडौं आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पनि धकेली २० मिटर तल पुर्‍याएको थियो।

असोज ११ र १२ गतेको अबिरल वर्षापछि रोशी खोलामा आएको बाढीले उक्त राजमार्गका विभिन्न खण्ड बगाएर अवरुद्ध भएको थियो। सडक विभाग र रोशी गाउँपालिकाको सक्रियतामा बिहीबार राति उक्त सडकमा ‘ट्र्याक’ जोडिएपछि सवारी साधन सञ्चालन भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *