कालिका मन्दिरमा चार लाख दर्शनार्थी

डिसी नेपाल
२६ असोज २०८१ १५:२२

बागलुङ। बागलुङ कालिका मन्दिरमा बडादशैंको अवधिमा चार लाख दर्शनार्थीले दर्शन गरेका छन्। घटस्थापनादेखि नवरात्रसम्म चार लाख दर्शनार्थीले दर्शन तथा पूजाअर्चना गरेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ।

पछिल्लो समय कालिका मन्दिरको प्रचारसँगै दशैंमा घुम्न निस्कने धार्मिक पर्यटकहरुले कालिका मन्दिरको दर्शन गरेका हुन्। गत चैते दशैंदेखि यस मन्दिरमा आउने दर्शनार्थीको संख्या अभिलेख गर्न थालिएको छ। कालिका मन्दिरमा दशैं र चैते दशैंमा बढी दर्शनार्थीहरु आउने गरेका छन्।

बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार मुस्ताङ भ्रमणका लागि हिँडेका स्वदेशी तथा विदेशी पर्यटकसमेत कालिका मन्दिरमा आउन थालेपछि दर्शनार्थीको संख्यामा वृद्धि भएको हो।

मन्दिरमा बलि दिने परम्परा बिस्तारै घटे पनि नरिवल चढाउने र दान गर्ने परम्परा बढेको छ। तीन सय वर्ष पुरानो कालिका मन्दिर स्थापना भएपछि नियमित पूजा भए पनि पछिल्लो समय थपिएका पूर्वाधार, प्रचारप्रसार र चुस्त व्यवस्थापनका कारण दर्शनार्थीको संख्या बढेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *