बन्दीपुर घुम्न आएका विदेशीलाई दशैंको टीका

डिसी नेपाल
२७ असोज २०८१ ८:११

तनहुँ। तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दशैंको टीका लगाउन पाउँदा दंग परेका छन्। केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दंगसँगै खुसी भएका थिए।

बन्दीपुरस्थित होटल हिमालय दरबारमा बसेका उनीहरुलाई होटल सञ्चालकले टीका र जमरा लगाइदिएका थिए। होटलका सञ्चालक वैश गुरुङले दशैंकाे टीका र जमरा लगाएपछि पर्यटकले खुसी व्यक्त गर्दै यस चाडको बारेमा सोधपुछ गरेको बताए।

उनले भने, “नेपालीको रीतिरिवाज र कलासंस्कृतिबारे विदेशी पर्यटक उत्सुक भएको पायौ । दसैँको बारेमा सोधपुछ गरेपछि हामीले यस पर्वको बारेमा जानकारी गरायौं।”

केही दिनदेखि बन्दीपुर भ्रमणमा रहेका विदेशी पर्यटकलाई दशैं टीका लगाएर बिदाइ गरेको उनको भनाइ छ। दशैं सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको गुरुङले बताए। उनले भने, “अब बन्दीपुरमा पर्यटकको चहलपहल हुने समय हो । विदेशी पर्यटकको आगमन बढ्दो अवस्थामा छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *