बेहोस नबनाई जुनियर एनटीआरको फिल्म देखाएर महिलाको मस्तिष्कको शल्यक्रिया

डिसी नेपाल
२७ असोज २०८१ ९:२२

काठमाडौं। तेलुगु सुपरस्टार जुनियर एनटीआरको प्रशंसक धेरै छन् । उनका फिल्महरू दक्षिण भारतमा मात्रै होइन नेपालदेखि विदेशका मानिसहरूले पनि मन पराउँछन्। दक्षिण भारतमा जुनियर एनटीआरलाई स्टार मात्र नभइ जनताको भावना समेत मानिन्छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा एनटीआरकी एक फ्यानको भिडियो भाइरल भइरहेको छ । भिडियोमा ती महिलाले जुनियर एनटीआरको फिल्मको सहयोगमा आफ्नो जीवनको सबैभन्दा कठिन समय पार गरिरहेकी छिन् ।

यो भिडियो आन्ध्र प्रदेशको काकीनाडा सरकारी अस्पतालको बताइएको छ । जहाँ एक महिलाको ब्रेन ट्युमरको शल्यक्रिया भइरहेको छ । यस क्रममा उनी जुनियर एनटीआरको फिल्म ‘अडूर्स’ हेर्दै छिन् । यो शल्यक्रिया करिब साढे दुई घण्टा चलेको थियो । यस क्रममा ती महिला जुनियर एनटीआरको फिल्मको कमेडी दृश्य हेर्दै थिइन् ।

यो अपरेशनको क्रममा उनलाई फिल्म हेर्न निषेध गरिएको थिएन। यो शल्यक्रिया साढे दुई घण्टापछि सफल भएको थियो । महिलाको मस्तिष्कबाट ३.३x२.७ सेमीको ट्युमर निकालिएको थियो । यो शल्यक्रिया सरकारी अस्पतालमा भएको थियो ।

चिकित्सा विज्ञानका अनुसार डिप ब्रेन स्टिमुलेशन वा वेक क्र्यानोटोमी जस्ता केही मस्तिष्क शल्यक्रियामा बिरामीलाई बेहोस बनाउन मिल्दैन । तस्ता शल्यक्रिया गर्गा बिरामीलाई होसमा र जागा राख्न आवश्यक हुन्छ। बिरामीलाई होसमा राखेर चिकित्सकले बिरामीको मस्तिस्कका गतिविधिहरूको निगरानी गर्छन् । बेहोस पार्दा मस्तिस्कका धेरै भागहरू सक्रिय नहुन सक्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *