दोलखामा दुई बस ठोक्किए, चार जना घाइते

डिसी नेपाल
२७ असोज २०८१ १८:३६

दोलखा। ओखलढुङगाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दोलखामा दुर्घटना भएको छ।

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको र रामेछापतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस आइतबार दिउँसो दोलखाको बैत्यश्वर गाउँपालिका ६ गोपीखोलामा एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन्।

बा ५ ख ५६३१ नम्बर र प्रदेश ३.०१०५ ख३९५६ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि चरिकोट ल्याइएको छ । घाइतेहरुको चरिकोटमा उपचार भइरहेको छ ।

दुर्घटनाका कारण अवरुद्ध पुष्पलाल मार्ग खुलाईएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *