पुलिस क्लबका पहलवान त्रीलोकीले दिल्लीका पहलवान ओमकारलाई हराए

डिसी नेपाल
२८ असोज २०८१ ११:४५

रौतहट । नेपाल पुलिस क्लबसँग आबद्ध पहलवान त्रीलोकी यादवले भारतको राजधानी दिल्लीका नामुद पहलवान ओमकारलाई पराजित गरेका छन् ।

रौतहटको गरुडा नगरपालिका पिपरिया गाउँ घर भएका नेपाल प्रहरीका स्वर्ण पदक बिजेता पहलवान त्रिलोकी कटहरियास्थित आयोजित दंगल कुस्ती पहलवानिमा दिल्लीका नामुद पहलवान ओमकारलाई सहज रुपमा हराएका हुन् ।

दुर्गा पूजाको अवसरमा कटहरिया बजारमा आयोजित कुस्ती प्रतियोगितामा नेपाली र भारतीय गरी ४० जना पहलवान लडेका थिए ।

भारतीय पहालावान ग्रुपको नेतृत्वकर्ता दिल्लीका चर्चित पहलवान अखाडामा आउँदा उनीसँग हात मिलाउने अन्य कुनै पहलवानले आँट गर्न सकेका थिएनन् । नेपाल प्रहरीमा आबद्ध रही केही समय अघि मात्र बंगलादेशबाट स्वर्ण पदक जितेर बडा दसैंको बिदामा घर आएका पहलवान त्रिलोकी यादवले उनीसंग कुस्ती खेल्न हात मिलाएका थिए ।

कुस्तिमा भिडेको केही समय भित्रै उनले भारतीय पहलवान ओमकारलाई सहज रुपमा पछारेको आयोजक समितिका उपेन्द्र कुशवाहाले बताए ।

यस प्रतियोगितामा दिल्लीमा पहलवान ओमकार, पंजाबका सोनु, बिक्की, मुन्ना टाईगर, मेरठका गुल्ला, भिल्ला, मुजफरनगरका टाईगर, कानपुरमा रबी, महाराष्ट्रका शिवम मिश्रा, त्यसैगरी नेपालका लक्की थापा, नेपाल प्रहरीका त्रीलोकी यादव लगायत ४० जना पहलवानले कुस्ती खेलेको आयोजक समितिका उपेन्द्र कुशवाहाले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *