पूर्वमन्त्री खड्कालाई पोखरामा नागरिक अभिनन्दन

डिसी नेपाल
२८ असोज २०८१ २०:३०

पोखरा। पूर्व मन्त्री कुमार खड्कालाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ। पोखरा महानगरपालिका वडा नम्बर १६ र त्यस आसपासको क्षेत्रको विकासमा महत्वपूर्ण योगादन पुर्‍याएको भन्दै उनलाई पोखरा १६ तुम्केमा रहेको नमुना क्लबले नागरिक अभिनन्दन गरेको हो।

पोखरा १६ को प्रवेशद्वार केआइसिंह पुलदेखि महेन्द्र गुफासम्म बाजागाजा गरी खड्कालाई र्‍यालीसहित नगर परिक्रमा गराएर महेन्द्र गुफादेखि तुम्केसम्म पैदल यात्रा गरिएको थियो।

नगरपरिक्रमापछि आयोजित विषेश कार्यक्रममा पूर्वमन्त्री खड्कालाई समाजसेवी सोमबहादुर गुरुङ, मुक्तिप्रसाद भट्टराई, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र क्लबका अध्यक्ष मीनबहादुर गुरुङले अभिनन्दनपत्र प्रदानसहित सम्मान गरेका हुन्।

कार्यक्रममा पूर्वमन्त्री खड्काले यो सम्मानले अझै जनताको पक्षमा निरन्तर लागि रहने प्रेरणा प्राप्त गरेको बताए।

संघीय सांसद हुँदा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री र पछि गण्डकी प्रदेश सरकारका भौतिक योजना, पूर्वाधार विकास र यातायात व्यवस्था मन्त्री बनेका खड्काको कार्यकालमा पोखरा १६,१९ र २० नम्बर वडामा विकास निर्माण, खानेपानी, सामुदायिक भवन, महिला शसक्तीकरणका क्षेत्रमा निकै फड्को मारेको थियो।

उनको कार्यकालमा २१ वटा पक्की पुल,१२ वटा झोलुंगे पुल, ५५ किमी सडक कालोपत्रे, ४९ किमी सडक ग्राबेल भएका थिए भने १ अर्ब २२ करोड राजश्व संकलन समेत भएको थियो।

अमला बिसौनी घार्मी आलेवारी सडक, घार्मीखोला अर्मलाकोट सडक, जुम्लेटी हरिपाउँ सडक लगायतका अधिकांश ग्रामीण सडकको स्तरोन्नति तथा कालोपत्रे, ढलान गर्न उनको भूमिका रहेको क्लबको भनाइ छ।

क्लबका अध्यक्ष मीनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्वअध्यक्ष एवं आजिवन सदस्य जीवन आचार्य, हिमालय क्लवका अध्यक्ष मोहनवहादुर थापा, क्लवका सहसचिव दीपकबहादुर केसी लगायतले वडाको समग्र विकासमा नेता खड्काले पु¥याएको योगदानको प्रशंसा गर्दै, जनप्रेमी नेताले सधैं नागरिकको मन जित्ने बताएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *