अमेरिकाबाट नेपाली राशिफल

अक्टोवर १६ देखि ३१ सम्म

डिसी नेपाल
२९ असोज २०८१ ७:४२

मेष राशि :  चु,चे,चो,ला,लि,लु,ले,लो,अ

धार्मिक कार्यमा सहभागिताको अवसर मिल्नेछ। तीर्थयात्राका योजनाहरु बन्नेछन्। राजनीतिक अप्ठ्यारोको सामाना गर्नु पर्ने योग देखिन्छ। विशिष्ट व्यक्तिको सहभागितामा कार्य गर्ने अवसर मिल्नेछ।

भाग्योदयको योग रहेको देखिन्छ। कर्मप्रतिको आस्था बढ्नेछ। ग्रहको सकारात्मक प्रभावका कारण व्यापार व्यवसायमा आंशिक सफलता प्राप्तिको योग देखिन्छ। आफन्तको सहयोग पनि पाउनुहुनेछ। सुख, समृद्धि वृद्धि होला।

वृष राशि : इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

शिक्षा क्षेत्रमा गरेको लगानीबाट प्रतिफल सामान्य रहनेछ। बन्धुबान्धवको सहयोगबाट जटिल कामहरु बन्नेछन्। मान्यजनबाट प्रशस्त सहयोग पाउनुहुनेछ। दैनिक कार्यमा विवाद उत्पन्न हुनसक्छ। त्यसतर्फ सचेत रहनुहोला। सामाजिक दायित्वबोधको अनुभूति हुनेछ।

दाम्पत्य जीवनमा मनोमालिन्यता बढ्न सक्छ। महत्वपूर्ण कार्यमा व्यबधान आउन सक्नेछ। महत्वपूर्ण काम गर्दा विचार पु¥याउनुहोला। साथीभाइको सामान्य सहयोग प्राप्त हुनेछ। अनौठो यात्राको योग खुल्नेछ।

मिथुन राशि : का,कि,कु,घ,ङ,छ,के,को,हा

रोजगारीको क्षेत्रमा सामान्य लाभ प्राप्त हुनेछ। कूटनीतिक कार्यमा सहभागिताको योग पनि देखिन्छ। खानपिनमा अरुचिको सम्भावना रहनेछ। स्वास्थ्यविकारले मानसिक अशानित उत्पन्न हुन सक्छ। चिसोको समस्या उत्पन्न हुनसक्छ।

पारिवारिक सम्बन्धमा सुधारको सङ्केत देखिन्छ। कला संगीत साहित्य सृजनामा सहभागिताको अवसर जुट्नेछ। धनमान प्राप्तिमा अति श्रमको योग देखिन्छ। सामाजिक मान प्रतिष्ठा र दायित्व बढ्ने् योग देखिन्छ। चलचित्र तथा रङ्गमञ्चको क्षेत्रमा लगानीको अभिवृद्धि हुनेछ।

कर्कट राशि : हि,हु,हे,हो,डा,डि,डु,डे,डो

यश कीर्ति र कार्यमा सफलता मिल्नेछ। आकस्मिक यात्राको यजनाहरु बत्रेछन्। न्यायिक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा बाधा उत्पन्न होला। आर्थिक स्थितिमा सुुधार आउनेछ। काममा बाधा र विवाद आउन सक्छ। शारीरिक कमजोरीका कारण चिन्ता बढ्नेछ।

अध्ययन अध्यापनमा राम्रो उन्नति हुनेछ। धार्मिक तथा सांस्कृतिक कार्यमा सहभागिताको अवसर प्राप्त हुने योग देखिन्छ। मानसिक अशान्ति र तनावले मनमा खिन्नता उत्पन्न हुन सक्छ। राजनीतिक असमझदारीको सामना गर्नुपर्ने योग रहेको छ।

सिंह राशि : मा,मि,मु,मे,मो,टा,टि,टु,टे

आफन्तको सहयोग सामान्य मिल्नेछ। पारिवारिक दायित्व बढ्नेछ। आर्थिक क्षेत्रमा अप्ठेरो पर्न सक्छ। अचल सम्पत्ति किनबेचमा विशेष विचार पु¥याउनुहोला। मानसिक असन्तुष्टि बढ्न सक्छ। राजनीतिक घातप्रतिघातको सामना गर्नुपर्ला। मित्रमा मनोमालिन्यता बढ्न सक्छ।

अध्ययनमा सफलता प्राप्तिको योग देखिन्छ। वैचारिक तर्क शक्तिको विकास हुनेछ। सामाजिक दायित्व थपिनेछ। आध्यात्मिक कार्यमा खर्च बढ्नेछ। घर घडेरी किनबेचको योग देखिन्छ। पारिवारिक सुख प्राप्ति हुनेछ। राज्यबाट मान सम्मान पाउने योग छ।

कन्या राशि : टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

वैदेशिक कार्यमा सफलता मिल्नेछ। न्यायिक क्षेत्रमा अल्झिएका कामहरु सुचारु हुनेछन्। आफन्तको भरणपोषणका निम्ति खर्चवृद्धि हुनेछ। आध्यात्मिक यात्राको योग रहेको छ। स्वास्थ्यमा बाधा उत्पत्र हुन सक्ने योग रहेको छ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ।

नयाँ कार्यको थालनी गर्ने अवसर मिल्न सक्नेछ। परिवारको सहयोग मिल्नेछ। मानसिक खित्रताले सताउन सक्छ। अपजसको सामना गर्नुपर्ला। राजनीतिक वाद विवादको सामना गर्नुपर्ला।

तुला राशि : रा,री,रु,रे,रो,ता,ती,तु,ते

कला साहित्य सृजनातर्फ मन लाग्नेछ। आय आर्जनको क्षेत्र सबल रहने छ। व्यापार व्यवसायमा प्रसस्त लाभ मिल्ने देखिन्छ। उद्योग कल कारखानामा लगाएको लगानीबाट सफलता मिल्नेछ। सन्तान सुख र आफन्तको सहयोगको मिल्नेछ।

शैक्षिक क्षेत्रमा सफलताको योग देखिन्छ। वैदेशिक रोजगारीको अवसर मिल्नेछ। बौद्धिक विचारको आदानप्रदान होला। कूटनीतिक क्षेत्रको प्रयास सफल हुनेछ। सामाजिक मान सम्मान र दायित्व बढ्ने देखिन्छ। पारिवारिक सम्बन्धमा सुधारका संकेतहरु देखापर्नेछन्।

वृश्चिक राशि : तो,ना,नी,नू,ने,नो,या,यि,यू

प्रेमी प्रेमिकाबीच सुमधूर सम्बन्ध कायम हुनेछ। स्वास्थ्यमा बाधा उत्पत्र हुनेछ। राजनीतिमा आपसी कलहले मानसिक खिन्नता बढ्न सक्छ। कला साहित्य संगीतमा भने रुचि बढ्नेछ वैदेशिक यात्राको योग देखिन्छ।

धर्मकर्ममा रुचि बढ्नुका साथै सामाजिक क्षेत्रमा लगानी बढ्नेछ। मानसिक थकान भने प्रसस्त देखिन्छ। काममा जश पाइने योग छ। मान्यजन तथा आफन्तको सहयोग प्राप्त हुनेछ। सामाजिक दायित्व बढ्ने योग देखिन्छ। राजनीतिक अन्योलता यथावत् रहनेछ।

धनु राशि : ये,यो,भा,भी,भू,धा,फा,ढा,भे

स्वास्थ्यमा समस्या उत्पन्न होला। धार्मिक कार्यमा सहभागिताको अवसर प्राप्त हुनेछ। पारिवारिक सहयोग र समन्वय बढ्नेछ। गरगहना र विलासिताका सामानहरु खरीद गरिएला। रोकिएको कामहरु सुचारु हुनेछन्।

मित्र तथा आफन्तजनबाट सहयोग पाउनुहुनेछ। मनमा खित्रता र द्विविधा बढ्नेछ। अनावश्यक खर्च बढ्नाले मानसिक तनाव उत्पन्न हुन सक्छ। आध्यात्मिक यात्राको योग बन्नेछ। सामाजिक मान सम्मानमा आघात पर्न सक्ने योग रहेको छ।

मकर राशि : भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी

शैक्षिक क्षेत्रमा प्रशस्त अवसर हुनेछ। न्यायिक तथा सामाजिक क्षेत्रमा पनि सफलता हात लाग्नेछ। लामो र रमाइलो यात्राको योग रहेको छ। आफन्तजनबाट प्रशस्त सहयोग मिल्ने देखिन्छ। व्यापार व्यवसायमा आंशिक लाभ प्राप्त होला।

तरल पदार्थको किनबेचको योग देखिन्छ। कला साहित्य संगीतप्रति विशेष चासो बढ्नेछ। विलासिताका सामान खरीदविक्रीको योग रहेको छ। आकस्मिक धमप्राप्ति होला। नयाँ गर गहना, कपडा आदि जोड्ने योग देखिन्छ। अचल सम्पत्ति किनबेचको योग रहेको छ।

कुम्भ राशि : गु,गे,गो,सा,सी,सु,से,सो,द

प्रेमीप्रेमिकाबीच आपसी तनावको अन्त्य हुनेछ। मान्यजनबाट सहयोगको प्राप्त होला। धर्मकर्ममा रुचि बढ्नेछ। शैक्षिक कार्यमा लगानीको योग देखिन्छ। सभा सम्मेलनमा तपाईंको सहभागिता बढ्नेछ। राजनीतिक अन्योलताले भने निराश बनाउनेछ।

न्यायिक कार्यबाट सफलता मिल्नेछ। स्वास्थ्यसम्बन्धी समस्याले भने सताउला। सामाजिक कार्यप्रति लगाव बढ्नेछ। धार्मिक यात्राको योग देखिन्छ। मित्रजनबाट भने धोका पाइएला।

मीन राशि : दी,दु,थ,झ,ञ,दे,दो,चा,ची

शैक्षिक क्षेत्रमा लगानी गर्ने प्रशस्त योग रहेको छ। नयाँ योजनाहरु बन्नेछन्। राजनीतिक वादविवाद बढ्नेछ। मानसिक खिन्नता बढ्ने देखिन्छ। कूटनीतिक प्रयासहरु सफल हुनेछन्। सामाजिक क्षेत्रमा मान सम्मान प्राप्तिको योग रहेकोछ। रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ।

आध्यात्मिक कार्यमा सफलता मिल्नेछ। जग्गा जमिन अचल सम्पत्ति खरिदबिक्रीको गर्ने योग रहेको छ। गरेका कार्यबाट सन्तुष्टि प्राप्त हुनेछ। आफन्तको सहयोगमा नयाँ कार्यको थालनी गर्ने अवसर बन्नेछ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *