दशैं बिदा सकियो, आजदेखि सरकारी कार्यालय खुल्ने

डिसी नेपाल
२९ असोज २०८१ ८:२६

काठमाडौं। आजदेखि दशैंको सार्बजनिक बिदा सकिएको छ। बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन्। बडादशैंको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुल्न लागेका हुन्।

सरकारले दशैं मनाउन ५ दिन बिदा दिएको थियो। आजबाट कार्यालय खुल्ने भएपछि राजधानी काठमाडौंको चहलपहल बढेको छ भने उपत्यकामा सवारी आवागमन बढेका छन्।

यस वर्षको दशैंमा झण्डै १३ लाख सर्वसाधारणले उपत्यका छोडेका थिए। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमासम्म नै जारी रहन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *