बाबरलाई समर्थन गरेका फखर जमानलाई सोधियो स्पष्टीकरण

डिसी नेपाल
२९ असोज २०८१ १५:२४

काठमाडौं। पाकिस्तान क्रिकेट बोर्डले इङ्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा आफ्ना स्टार ब्याट्सम्यान तथा पूर्व कप्तान बाबर आजमलाई टिममा सामेल नगरेपछि नयाँ विवाद शुरु भएको छ।

बोर्डले बाबरलाई टिम बाहिर राखेको विषयमा कडा आलोचना भएपछि उनलाई एक खेलका लागि आराम दिएको भन्दै बचाउमा उत्रिएको छ।

यसैबीच बाबर आजमलाई समर्थन गरेका पाकिस्तानका खेलाडी फखर जमानलाई बोर्डले स्पष्टीकरण सोधेको छ। बोर्डको सम्झौतामा रहेका जमानले सार्बजनिक रुपमा गरेको टिप्पणीका कारण स्पष्टीकरण सोधिएको मिडिया रिपोर्टमा उल्लेख छ।

जमानले सामाजिक सञ्जालमा भनेका थिए-बाबर आजमलाई बाहिर राख्नु चिन्ताको विषय हो । भारतले २०२० र २०२३ को बीचमा विराट कोहलीको औसत क्रमशः १९.३३, २८.२१, र २६.५० को बीचमा हुदा उनलाई कहिल्लै बेन्चमा राखेन। यदि पाकिस्तानले अहिलेसम्म उत्पादन गरेको सबैभन्दा राम्रो प्रमुख ब्याट्सम्यानलाई किनारा गर्ने विचार गर्दैछौं भने यसले टोलीमा गहिरो नकारात्मक सन्देश पठाउन सक्छ। प्यानिक बटन थिच्नबाट बच्न अझै समय छ; हामीले हाम्रा मुख्य खेलाडीहरूलाई कमजोर पार्नुको सट्टा सुरक्षामा ध्यान दिनुपर्दछ।’

मिडिया रिपोर्टका अनुसार जमानलाई सोमबार नै स्पष्टीकरण सोधिएको र उनले अहिलेसम्म जवाफ नदिएको बताइएको छ।

बाबरले खेल्न चाहेकै बेला पाकिस्तानको हालै नियुक्त भएको छनौट समितिले इङल्याण्डविरुद्ध बाहिर निर्णय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *