भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ : प्रदीप गिरी

डिसी नेपाल
२९ साउन २०७६ १७:४२

काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाईदिने’ चेतावनी दिएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा सांसद गिरीले नेपालको सीमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौता लगायत बारेमा छलफपल भइरहँदा समिति सदस्य गिरीले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाइदिने अभिव्यक्ति दिएका हुन्।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गर्दै उनले नेपाल–भारत सीमानामा काँडेतार लगाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरु नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको टिप्पणी गरे। उनले बोलेर मात्रै कुटनीतिक समस्या समाधान नहुने तर्फ सचेत बनि समयमै कुटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराए । नेपालको कमजोर कुटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपुर्ण यथार्थतालाई समयमै आत्मसाथ गरि पहलकदमी गर्न उनले आग्रह गरे।

उनले भने, ‘विपक्षमा रहेर कहिल्यै पनि त्यस्ता मागलाई उठाउनु हुँदैन । जो सत्ता पक्षमा गएर कार्यान्वयन गराउन नसकियोस् । कुटनीति भनेको चुनाव लड्न गर्ने भाषण होइन । सबै भन्दा ठूलो विफलता कुटनीतिक विफलता हो । हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ । भुटान बनाउँछ । तथ्य हो यो ।’

नेपाल कम्युनिष्ट पार्टीका सांसद भीम रावलले नेपालको ठूलो भु–भाग भारतको अतिक्रमणमा परेको भन्दै समयमै कुटनीतिक पहल गर्न परराष्ट्र र गृहमन्त्रालयको ध्यानाकर्षण गराए। उनले विशेषज्ञहरुका अनुसार नेपालको ६ सय ६ वर्ग किलोमिटर भू–भाग अतिक्रमणमा परेको, ७१ स्थानमा सीमा विवाद देखिएको, दशगजाका विभिन्न स्थानमा भारततर्फबाट अतिक्रमण गर्ने काम भइरहेको दाबी उनले गरे। त्यसैगरी सडक बनाउने नाममा अघोषित तटबन्ध निर्माण गर्ने काम भएको, पानीको प्राकृतिक वहाव रोकिने गरि संरचना बनाएकाले तराई क्षेत्र डुबानमा पर्दा बर्षेनी ती क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर बनेको उल्लेख गर्दै उनले सीमा विवाद सुल्झाई अतिक्रमण रोक्नु पर्नेमा जोड दिए ।

नेपाल भारत सीमाविवाद, अतिक्रमण तथा डुबान लगायत समस्या बारेको छलफलमा समिति सदस्यहरुले तत्काल कुटनीतिक पहल गरि डुबान लगायत समस्याको दीर्घकालिन समाधान खोज्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।




प्रतिक्रिया

2 thoughts on “भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ : प्रदीप गिरी

  1. The real attitude of India has been diagnosed in the analysis of mr.Pradeep Giriin the House of Representatives!The Government has to think seriously about this.

  2. हूतिहारा हरु विपक्षमा हुँदा नारा लगाउदै नेपाल भारत सिमा सम्म पुग्थे। कांग्रेस लाई भारतीय दलाल भन्थे । ०७ सालको सन्धि खारेज गर्ने देखी गोर्खा भर्ती केन्द्र बन्द गर सम्मका नारा लगाउथे । हामीले ठान्यौ यिनले पो गर्छन् । तर अहिले आएर थाहा भयो यिन ले गर्ने भनेको भ्रस्टाचार , आफ्ना र आफ्न्त पोस्ने र जनतालाई धोखा दिने बाहेक यिन्ले गर्ने केही रहेनछन । धन्यवाद प्रदीप गिरिजी , कांग्रेस भये पनि यिन लाई सबक सिकाउन सक्ने तपाईं जस्तै अरु कार्यकर्ता तयार गर्नु पर्‍यो। नत्र देश नरहने भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *