महिला टी-२० विश्वकपको सेमिफाइनलको समीकरण पूरा

काठमाडौं। जारी आइसीसी महिला टी-२० विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ। समूह चरणका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो।
समूह ए बाट अस्ट्रेलिया र न्यूजील्याण्ड सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट वेस्ट इन्डिज र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका हुन्।
समूह ए बाट भारत, पाकिस्तान र श्रीलंका तथा समूह बी बाट इङल्याण्ड, बंगलादेश र स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएका छन्।
अब सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा न्यूजील्याण्ड र वेस्ट इन्डिज खेल्ने भएका छन्। पहिलो सेमिफाइनल खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच विहिबार हुने छ भने दोस्रो सेमिफाइनल खेल शुक्रबार न्यूजील्याण्ड र वेस्ट इन्डिजबीच हुने छ।
त्यस्तै फाइनल खेल आइतबार हुने तालिका रहेको छ।
प्रतिक्रिया
Facebook Comment