स्कटल्याण्डसँग बराबरीमा रोकियो पोर्चुगल

डिसी नेपाल
३० असोज २०८१ ८:३२

काठमाडौं। युइएफए नेसन्स लिग अन्तर्गत पोर्चुगल बराबरीमा रोकिएको छ। गएराति सम्पन्न स्कटल्याण्डविरुद्धको खेलमा पोर्चुगल गोलरहित बराबरीमा रोकिएको हो।

त्यस्तौ समूह १ मै रहेका पोल्याण्ड र क्रोसियापनि ३-३ गोलको बराबरीमा रोकिएका हुन्। यस खेलमा पोल्याण्डका लागि पिओट जिएलिन्सकी, निकोला जालेवस्की र सेब्स्टन सिमारिस्कीले एक एक गोल गरेका थिए।

त्यस्तै क्रोसियाका लागि बोर्ना सोसा, पेटार सुसिक र मार्टिन बाटुरिनाले एक एक गोल गरेका थिए। यस खेलमा खेलको ७६औं मिनेटमा डोमिनिक लिभाकोभिकले रातो कार्ड पाएका थिए।

यो खेलपछि समुह १ मा पोर्चुगलको ४ खेलमा १० अंक भएको छ र शिर्ष स्थानमा छ भने क्रोसिया ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ। त्यस्तै पोल्याण्ड ४ खेलमा ४ अंकसहित तेस्रो र स्कटल्याण्ड ४ खेलमा एक अंकसहित चौथो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *