मुख्यमन्त्री शाहीमाथि सुरक्षा जोखिम!, बम विष्फाेटबारे के भन्छ प्रहरी ?

डिसी नेपाल
२९ साउन २०७६ १८:४०

काठमाडौं । कालिकोटमा मुख्यमन्त्रीलाई लक्षित गरी बम विष्फोट भएको भन्ने समाचार बिभिन्न मिडियाले प्राथमिकताका साथ छापेका छन् तर प्रहरी भने याे समाचार गलत भएको दाबी गरिरहेकाे छ।

बुधबार कालिकोटको एक कार्यक्रम उद्घाटन गर्ने क्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी विस्फोट भएको भन्ने हल्ला मात्र भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

कालिकोटका एकजना प्रहरी अधिकारीले डिसी नेपालसंग भने, ‘साताव्यापी कार्यक्रम लिएर मुख्यमन्त्री कालिकोट आउनु भएको थियो। त्यसैमा आज भएको एक कार्यक्रम उद्घाटन गर्ने क्रममा करिब ३/४ कोष टाढा आवाज आएको हाे। विस्फाेट नै हो भन्ने पनि एकीन छैन।’

साताव्यापी कार्यक्रम लिएर बुधबार गृह जिल्ला पुगेका मुख्यमन्त्री शाहीमाथि नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मुख्यमन्त्रीलाइ लक्षित गर्दै विस्फाेट गराएकाे विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

विप्लव समूहकाे पकेट क्षेत्रै  मानिएकाे कालिकाेटमा नेकपा विप्लव समूहका प्रवक्ता तथा पूर्व मन्त्री खड्गबहादुर विश्वकर्माकाे गृह जिल्ला पनि कालिकाेट नै हाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *