श्रीमतीलाई दिनमा सय पटक फोन गर्दा श्रीमान पक्राउ

डिसी नेपाल
१ कार्तिक २०८१ ८:१०

काठमाडौं । संसारभरका धेरै महिलाहरू अपरिचित मानिसले गर्ने फोन कलहरूबाट समस्यामा पर्छन्।

धेरै पटक यस्ता घटना एकतर्फी प्रेमका कारण हुन्छन्। यस्ता समस्या समाधान गर्न धेरै देशमा कानुन बनेका छन्। तर आफ्नै श्रीमान वा श्रीमतीले यसरी फोन गर्दा के होला ? जापानबाट आफ्नै श्रीमतीलाई पटकपटक फोन गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

जुलाई १० मा जापानको अमागासाकीकी ३१ वर्षीया महिलालाई अपरिचित नम्बरबाट फोन आउन थाल्यो । उनलाई हैरानी दिनका लागि यस्तो कल गरिएको थियो । फोन आउँथ्यो तर फोन उठाएपछि कसैले केही बोल्दैनथ्यो । हरेक पटक नयाँ नम्बरबाट कल आउने भएकाले ती महिलाले कल ब्लक गर्न पनि सकिनन्।

श्रीमतीलाई दिनमा सयभन्दा बढी फोन आउने गर्थे तर राती श्रीमानसँग भिडियो गेम खेल्दा वा सुत्दा फोन आउँदैनथे । यो कुराले श्रीमतीलाई अनौठो लाग्यो । उनलाई श्रीमानमाथि शंका पनि लाग्यो । यी कलहरू अगस्टसम्म जारी थिए।

अन्ततः ती महिलाले प्रहरीको सहयोग लिइन् । प्रहरीले अनुसन्धान गर्दा यस्तो गर्ने अरु कोही नभई उनकै श्रीमान् भएको खुलासा भयो । सेप्टेम्बर ४ मा, प्रहरीले महिलाका पतिलाई जापानको एन्टी-स्टकर कानून उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको थियो।

पक्राउपछि श्रीमानले आफ्नी श्रीमतीलाई असाध्यै माया गर्ने भएकोले अपरिचित नम्बरबाट फोन गरेर अर्कै तरिका अपनाउन चाहेको बताए । तर प्रेम देखाउने यो तरिकाले उनलाई ठूलो चोट पुर्‍यायो र उनले प्रहरी गिरफ्तारीको सामना गर्नुपर्‍यो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *