चर्चित पप गायक ल्याम पेनेको होटलको तेस्रो तलाबाट खसेर मृत्यु

डिसी नेपाल
१ कार्तिक २०८१ ९:४०

काठमाडौं। चर्चित पप ब्याण्ड ‘वन डाइरेक्शन’ का पूर्व सदस्य गायक लियाम पेनेको ३१ बर्षको उमेरमा मृत्यु भएको छ।

मिडिया रिपोर्टका अनुसार अर्जेन्टिनाको ब्यूनस आयर्सको एक होटलको तेस्रो तल्लाबाट खसेर लियाम पेनको मृत्यु भएको हो। पालेर्मोको कोस्टारिका स्ट्रिटमा रहेको होटलमा यो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

स्थानीय अखबार ला नासियोन र क्लारिनका अनुसार प्रहरीले एक विज्ञप्ति जारी गर्दै एक व्यक्ति लागुऔषध र रक्सीको लतमा रहेको जानकारी पाएको बताएको छ। होटलका प्रबन्धकले होटलको पछाडि ठूलो आवाज सुनेपछि त्यहाँ पुग्दा एकजना मानिस आफ्नो कोठाको बालकनीबाट खसेको देखेको बताए। आपतकालीन सेवाहरू घटनास्थलमा पुगे र ३१ वर्षीय ब्रिटिश गायकको मृत्युको पुष्टि गरेका थिए। उनको निधनको खबरले सिंगो संगीत क्षेत्र शोकमा डुबेको छ।

२०१० मा युकेको रियालिटी शो ‘द एक्स फ्याक्टर’ मा सहभागी भएपछि पनेसहित जयान मालिक, ह्यारी स्टाइल, लौइस टमलिनसन र नियाल होरानले ‘वन डाइरेक्शन’ नामक पप् ब्याण्ड बनाएका थिए । यो ब्याण्ड २०१६ मा निष्क्रिय भएको थियो।

यस ब्याण्डले पाँच एल्बल निकालेको थियो । उनीहरुको २०१३ मा आएको तेस्रो एल्बममिडनाइट मेमोरिज २०१३ को विश्वभरको धेरै बिक्री भएको एल्बम बनेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *