बुद्ध एयरको विमानमा प्राविधिक समस्या, डाईभर्ट गरि काठमाडौंमा सुरक्षित अवतरण

डिसी नेपाल
१ कार्तिक २०८१ ११:११

काठमाडौँ । बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ ।

विहिबार बिहान उडान नम्बर १०० मा रहेको बिमानको दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई डाईभर्ट गरि काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराईएको बुद्ध एयरले जानकारी दिएको छ । अहिले विमानको प्राविधिक टोलीले चेकजाँच गरिरहेको बताइएको छ ।

बुद्ध एयरले यस बारेमा जानकारी दिदै भनेको छ, आज बिहान उडान नं १००, जहाज  9N-AJS मा दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई डाईभर्ट गरि काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ । हाम्रो प्राविधिक टोलिले जहाजको चेकजाँच गरिरहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *