भैरहवामा बीपी कोइराला मेमोरियल कप, पाँच देशका खेलाडीको सहभागिता

डिसी नेपाल
१ कार्तिक २०८१ ११:४४

भैरहवा । शनिबारबाट भैरहवामा पाँच देशका प्रथम श्रेणीका खेलाडिहरुको सहभागितामा क्रिकेट प्रतियोगिता हुने भएको छ । नेक्सस क्रिकेट एकेडमीको आयोजनामा भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा बिपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको हो ।

कार्तिक ३ गते देखि १० गते सम्म संचालन हुने प्रतियोगितामा दक्षिण एशियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल सहित ५ देशका प्रथम श्रेणीका खेलाडीहरुको सहभागितामा हुने आयोजक नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले बताए । उनले बुद्धभूमिबाट नौलो प्रयास खेलकुदलाई पर्यटनसँग जोडेर यहाँको क्रिकेटको विकासका लागि टेवा पुग्ने बताए ।

प्रतियोगितामा भारतबाट लाइफ केयर क्रीकेट क्लब, पाकिस्तानबाट टाइगर्स इन्टरनेशनल स्पोर्ट्स, बांग्लादेशबाट गुलाज वरियर्स, नेपालबाट नेक्सस रुपन्देही–११ र श्रीलंकाबाट श्रीलंका स्टेट सर्विसेज क्रीकेट एसोसिएसनको टिमको सहभागीता हुने आयोजकले जानकारी दिएका छन् ।

आयोजकका अनुसार प्रतियोगितामा पाकिस्तानी क्लबबाट पाकिस्तान राष्ट्रिय टिमबाट खेलिसकेका इमरान नाजिर, बंगलादेशको क्लब टिमबाट बंगलादेशी स्टारहरु आलोक कपाली र मुनिम साहरियर भारतबाट आइपिएल खेलाडी दिपक पुनिया सहित सबै टिममा प्रथम श्रेणीका खेलाडी सहभागिता रहनेछ ।

प्रतियोगितामा बिजेता टिमले पाँच लाख रुपैयाँ र ट्रफी, उप बिजेताले तीन लाख रुपैयाँ र ट्रफी पुरस्कार पाउनेछन् । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाइ ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाइ जनही २० हजार तथा प्रत्येक खेलमा म्यान अफ द म्याचलाइ ५ हजार रुपैयाँ पुरस्कार रहेको छ ।

नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालाको स्मृतिमा आयोजना हु्ने यो प्रतियोगिताले नेपाली खेलाडीहरुमा अनुभव साटासाट हुने र यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा रहेको छ । काठमाण्डौमा हुने यो प्रतियोगिता खेलमैदान मर्मतको क्रममा रहेकोले र ग्राउण्डमा एनपीएलको तयारी गर्नुपरेकोले यो प्रतियोगिता भैरहवामा गर्न लागिएको हो ।

पहिलो चरणमा ५ वटा टिम बिच लिग चरणको १० वटा खेल हुनेछ भने अन्तिम ४ मा पुगेकाहरु बिच २ वटा सेमिफाइनल र फाइनल गरी कुल १३ वटा खेल यहाँ हुने रुपन्देही क्रिकेट संघले जानकारी दिएको छ । प्रत्येक दिन २ वटा खेल खेलाइने छ, प्रतियोगितालाइ नेपाल क्रीकेट संघले आधिकारिकता प्रदान गरेको छ भने प्राविधिक सहयोग रुपन्देही क्रीकेट संघले गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *