राष्ट्रिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्दै

डिसी नेपाल
१ कार्तिक २०८१ १२:१९

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्दै छ ।

गृहमन्त्री अध्यक्ष रहेको प्राधिकरणको बैठक आज अपराहन्न ३ बजे प्राधिकरणको कार्यालय, सिंहदरबारमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकले बाढी पहिरोपछिको राहत वितरण र पुनस् निर्माण बारे महत्वपूर्ण निर्णय गरेर सरकारलाई सिफारिस गर्ने तयारी गरिएको छ । प्राधिकरणको सिफारिस अनुसार आजै बस्ने मन्त्रिपरिषदको बैठकले यस विषयमा निर्णय लिने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *