प्रशिक्षकलाई कमल थापाको निर्देशन : ‘कार्यकर्ताको मनोबल उच्च राख्न तयारीका साथ जिल्ला जानोस्’

डिसी नेपाल
२९ साउन २०७६ २२:५९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कार्यकर्ताहरुको मनोबल उच्च राख्न देशभर सघन रूपमा प्रशिक्षण सञ्चालन गर्न केन्द्रीय प्रशिक्षकहरुलाई निर्देशन दिएका छन्।

केन्द्रीय प्रशिक्षक र पदाधिकारीहरुको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै थापाले अहिले मुलुकको अबस्था विषम परिस्थितिबाट गुज्रिरहेकोले तरल अबस्था बारे कार्यकर्तालाई जगाउनु र सचेत गराउनु आवश्यक भएको बिचार व्यक्त गरे।

पार्टीबारे भ्रम छरिएको छ, एजेन्डा बारे अफबाह छन्, यी सबैलाई चिर्ने जिम्मा तपाईहरुको हो, थापाले प्रशिक्षकहरुलाई भने। तपाईहरुको काधमा ठूलो जिम्मेवारी छ।त्यो इमान्दारीपूर्वक निर्बाह गर्न आग्रह गर्दै थापाले देश दौडाहामा जाँदा पार्टीका पदाधिकारी र प्रशिक्षकहरुलाई दृढ भएर प्रस्तुत हुन जोड दिए।

तपाईहरु अध्यनशिल हुनोस्, चिन्तन र बिष्लेषण गर्ने गर्नोस् , बहस गर्ने बानी बसाल्नुस भन्दै थापाले भने, ‘राप्रपाले बोकेको उन्नत बिचारलाई आत्मबिश्वासी भई कार्यकर्ता र जनतामा राख्नोस।’

थापाले राप्रपा परिवर्तन बिरोधी शक्ति नभएको स्पष्ट पारे। राप्रपा राष्ट्रबादी शक्ति हो, प्रजातन्त्रवादी शक्ति हो भन्दै थापाले निरन्तरता सहितको परिवर्तन मात्र टिकाउ हुने विचार व्यक्त गरे। कार्यक्रममा पार्टीका वरिष्ठ नेता दीपक बोहरा, महामन्त्रीद्वय राजेन्द्र लिङ्देन र भाष्कर भद्रा, प्रशिक्षण बिभाग प्रमुख भुवन पाठक लगायतको उपस्थिति थियो।

भाद्र महिनामा ७७ जिल्लामा र असोज महिनामा ७५३ स्थानीय तहमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने योजना रहेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *