सुर्य थापाको रविमाथि व्यङ्ग्यः कलाविहीन नयाँ नाटक ‘प्रतिशोध’ सुपरफ्लप

डिसी नेपाल
३ कार्तिक २०८१ १०:५८

काठमाडौँ । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित विशेष संसदीय समितिका सभापति सूर्य थापाले रवि लामिछानेप्रति व्यङ्ग्य गर्दै कलाविहीन नाटक मन्चन गरेको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै थापाले‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै ुप्रतिशोधु को कलाबिहीन नयाँ नाटक मन्चन भइरहेको बताएका हुन् ।

रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउ प्रकरणलाई ‘प्रतिशोध’ बताएपछि यसप्रति व्यङ्ग्य गर्दै सभापति थापाले यसलाई ‘कलाविहीन नाटक’ भनेका हुन् ।

उनले भनेका छन्, ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाबिहीन नयॅा नाटक मन्चन भइरहेछ ‘प्रतिशोध ’ सुपरफ्लप हुने बाटो’ प्रतिक्षा गरौं ।

थापा नेतृत्वको संसदीय समितिले लामिछानेलाई दोषी ठहर गर्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । समितिको प्रतिवेदनकै आधारमा लामिछानेलाई शुक्रबार जिल्ला अदालत कास्कीको अनुमतिमा काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्याइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *