राजनीतिक अस्थिरता विकास निर्माणको बाधक : पूर्व प्रधानमन्त्री नेपाल

डिसी नेपाल
३ कार्तिक २०८१ १६:३३

कञ्चनपुर। पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादका अध्यक्ष माधव कुमार नेपालले मौसमको परिवर्तन जस्तै नेपालको राजनीतिमा परिवर्तन भइरहेको बताएका छन्।

राजनीतिक अस्थिरताका जागरण विकास निर्माण कार्य बिथोलिएको उनको भनाइ रहेको थियो। दोस्रो राष्ट्रिय रयापिड तथा ब्लिट्ज बुद्धिचाल च्याम्पियनसिप २०८१ को उद्धाटन गर्दै नेता नेपालले देशमा विकास गर्ने हो भने राजनीतिक अस्थिरताको अन्त्य गर्नुपर्ने बताए। यसका लागि चेसमा बुद्धि लगाएजस्तै सबैले बुद्धि लगाउनु पर्ने उनको भनाइ रहेको छ।

सुदूरपश्चिम प्रदेशमा पर्यटन र धार्मिक पर्यटनको राम्रो सम्भावना रहेको भन्दै प्रचार प्रसार र प्रवर्द्धन गर्न अवयस्क रहेको उनको भनाइ रहेको छ। टावर बनाउने काममा र अनुत्पादक क्षेत्रमा राज्यको पैसा खर्च भइरहेको भन्दै पूर्व प्रधानमन्त्री नेपालले समाज र जनतालाई फाइदा हुने क्षेत्रमा पैसा खर्च गर्नु पर्ने र दिगो विकासमा जोड दिनुपर्ने बताए।

आफ्नो प्रधानमन्त्री कालमा सबै क्षेत्रमा समानुपातिक ढङ्गबाट विकास गर्न आफूले प्रयास गरेको उनको भनाइ रहेको छ ।यी सबै कार्यका लागि बौद्धिकता र बुद्धि आवश्यक पर्ने भन्दै बुद्धिचाल प्रतियोगिताले नयाँ सन्देश दिने उनको भनाइ रहेको छ।

खेलकुदले स्वस्थ रहनका साथै यसको माध्यम बाट देश विदेशमा चिनाउन सहयोग हुने उनको भनाइ रहेको छ। काठमाडौं स्पोर्ट्स एकेडमी , नेपाल बुद्धिचाल महासङ्ग को आयोजना र बेद्कोट नगरपालिका वार्ड न ८ को सह आयोजनामा बेदकोट नगरपालिका ८ गैलनदिमा कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा नृत्य सँगै राना थारुको सखिया नाच प्रदर्शन गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *