चेल्सीलाई स्तब्ध पार्दै लिभरपुलले जित्यो सुपर कपको उपाधि
एजेन्सी । लिभरपुलले सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्दी चेल्सीलाई हराउँदै लिभरपुलले उपाधि उचालेको हो ।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निणर्य टाईब्रेकरमा गरिएको थियो । जसमा लिभरपुल ५–४ ले विजयी बन्यो । लिभरपुलको जितमा साडियो माने दुई गोल गरे ।
निकै प्रतिस्पर्धात्मक खेलमा अग्रता भने चेल्सीले बनाएको थियो । ३६ औ मिनेटमा ओलिभर जिराउडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ४८ औ मिनेटमा साडियो मानेले खेल बराबरीमा ल्याएका थिए ।
९५ औ मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई अगाडी बनाएका थिए । तर मिडफिल्डर जोर्गिन्होले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याएका थिए ।टाईब्रेकरमा लिभरपुलका गोलकिपर एड्रियनले टमी अब्राहमको पेनाल्टी रोकेपछि च्याम्पियन्स लिग विजेता लिभरपुलले सिजनको पहिलो उपाधि उचालेको हो ।
मुख्य गोलकिपर एलिसन घाईते भएपछि एड्रियनलाई गोलकिपरको जिम्मेवारी दिईएको थियो । च्याम्पियन्स लिगको उपाधि जितेको दुई महिनापछि लिभरपुलले सुपर कपको उपाधि जित्न सफल भएको छ । युरोपा लिग र च्याम्पियन्स लिगको विजेताको हैसियतामा दुवै टिम सुपर कपमा भिडेका हुन् ।
Facebook Comment