ब्रेन्टफोर्डमाथि म्यानचेस्टर युनाइटेडको कमब्याक जित

डिसी नेपाल
४ कार्तिक २०८१ ७:१५

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

१-० गोलले पछि परेको युनाइटेडले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो। म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचो र रासमस होजलण्डले एक एक गोल गरेका थिए। त्यसैगरी ब्रेन्टफोर्डका लागि इथान पिनोकले एक गोल गरेका थिए।

यो यस सिजनमा म्यानचेस्टर युनाइटेडको तेस्रो जित हो। यो जितपछि ८ खेलमा ११ अंकसहित म्यानचेस्टर युनाइटेड १०औं स्थानमा रहेको छ। त्यसैगरी ब्रेन्टफोर्डको भने ८ खेलमा १० अंक रहेको छ र लिगमा १२औं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *