विराटको सतकमा वेष्ट इण्डिजमाथि शानदार जित, एकदिवसीय सिरिज भारतलाई

डिसी नेपाल
३० साउन २०७६ ६:५३

एजेन्सी । वेष्ट इन्डिज विरुद्धको तेस्रो एकदिवसिय खेल भारतले जितेको छ । गएराति भएको खेलमा भारतले वेष्ट इन्डिजलाई ६ विकेटले पराजित गरेसागैँ तीन खेलको सिरीज २–०ले आफ्नो पक्षमा पारेको छ ।

वेष्ट इन्डिजको पोर्ट अफ स्पेनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजको पारीमा बर्षा बाधक बनेको थियो । वेष्ट इन्डिजका लागि क्रिस गेलले विस्फोटक ७२ रन बनाए भने इभीन लुइसले ४३, सेइ होपले २४, सिमरोन हिटमेयरले २५ तथा निकोलस पुरनले ३० रनको योगदान गरे ।

बर्षापछि सुरु भएको खेल डीएल नियमका आधारमा ३५ ओभरमा झारीएको थियो । जसमा वेष्ट इन्डिजले सात विकेट गुमाएर दुई सय ४० रन बनाएको थियो । बलिङमा भारतका खलिल अहमदले तीन तथा मोहम्मद सामीले दुई विकेट लिए ।

जवाफमा भारतले ३२ ओभर तीन बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका लागि कप्तान विराट कोहलीले सतकीय पारी खेले । करियरमा ४३ औं सतक बनाउने क्रममा उनले १४ चौका प्रहार गरेका थिए । यस्तै श्रैयस ऐयरले ६५ तथा शिखर धवनले ३६ रन बनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *