कविता : कठै रवि!
तिमी सही छौ कि गलत?
म केही भन्न सक्दिन!
तर-
तिमीले गरेको केही थान
राम्रा कामको चाहिँ
पक्का फ्यान हुँ म पनि।
बिरानो शहरको गल्ली र दोबाटोमा
बाटो बिराएर अलपत्र परेका
युवा-युवतीको उद्वार गर्यौ।
त्यो तिम्रो भुल थियो।
बोल्न नजानेर
न्यायदेखि बञ्चित रहेका
केही दर्जन मानिसहरुलाई
न्याय लडेर पाउने चिज हो भन्दै झक्झक्यायाै
त्यो तिम्रो आर्को गल्ती थियो।
आफूमा भएको अतिरिक्त कलालाई
टेलिभिजनका काँचको पर्दाबाट
आवेगमा नै सही
शव्द-शब्द को ख्याल गरी
देश बनाउँछु भनेर
भुँडीभरी चिकेन र मटनको चोक्टा ढडाएर
म भेजटेरियन हुँ भन्ने
पाखण्डी नेताहरुको
आन्द्रा-भुँडी निचोरेर उनका औकात
बजार सामु ल्यायौ
त्यो झन ठूलो भुल गर्यौ।
~०००~
बिगत नभएका मान्छे हुँदैनन्
अरुको जस्तै तिम्रो बिगतको
तिलजस्ता सानातिना कुरालाई पहाड बनाएर
पटकपटक तिमीलाई
न्यायको कठघरामा उभायो।
प्रसाशनको तर्फबाट गोली जस्तै
प्रश्नको बुलेट बर्सायो
नानाथरीको अभियोग लगायो
तर,पनि तिमी-
निर्धक्क पैरोले बगाउन नसकेको
ठूलो चट्टान जसरी अडेर बस्यौ
पैरोको बीचमा
तिमीलाई-
कालो रातले छोपेको
अँध्यारो पहाडको मुटु चिरेर बनाएको
अँध्यारो बाटो हुँदै
भोलि नहोला भने जसरी रातारात
त्यो ठाउँमा पुर्यायो
जुन ठाउँलाई तिमीले गलत कर्म गरेको
ठाउँ भनेर चिनाएको थियो
तिम्रा भलो नचाहने
तिम्रा विपक्षका मान्छेहरुले
र,पनि तिमी निरधक्क थियौ।
~०००~
तिमी शुद्ध छौ कि-अशुद्ध ?
तिमी राम्रो छौ कि- नराम्रो ?
तिमी सही हो कि-गलत ?
तिमी राम हो कि-रावण ?
यी सब कुराको जिम्मा
सरोकार राख्ने निकायमा राखी जिम्मा
यत्ति चाहिँ पक्का भन्छु।
तिमी युवा हो।
तिमस्मा केही गर्छु भन्ने हुटहुटी प्रशस्तै छन्
कमसेकम तिमी
बर्षौंदेखि भ्रष्टाचारको हिलोमा लुटुपुटु
नेता भन्दा चोखा छौ
थाहा छैन।
तिम्रो मनका कुरा,के छ तिम्रा मनमा
र पनि
जताततै निराशाको कुम्लो बोकेर
देश छाडेर बाहिरीने युवा-युवतीको माँझ
तिमी आशाको झिनो
टुकी बनेका छौ।
आशा छ-
तिमी सही छौ भन्नेकुराको…।
पाँचखाल-११,काभ्रेपलान्चोक
हाल-लोमासोल,साईप्रस
Facebook Comment