पृथ्वीविचारको सार र महेन्द्र चिन्तनधार
पृथ्वीविचार भनेको नेपाल राष्ट्रका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले अघि सारेका नेपाल जोगाउने र जगाउने रणनीतिक र कार्यनीतिक महत्वका विचारका शुत्र र सारलाई बुझ्नु पर्दछ। पृथ्वीनारायण शाहले जीवनका अन्तिमकालमा आफ्ना भाइभारदार आदिलाई मौखिक रुपमा दिएका उपदेशलाई उनीहरुले लिपिबद्ध गरेका थिए।
यिनै हस्तलिखित पानाहरुलाई योगी नरहरिनाथ, सूर्यविक्रम ज्ञवाली, बाबुराम आचार्य आदिको पहलमा प्रकाशित पुस्तिकालाई दिव्य उपदेश नामाकरण गरिएको थियो र छ। त्यही दिव्य उपदेशमा भएका पृथ्वीनारायणका अर्ती,उपदेश वा विचारमाथि उभिएर सार खिचेर निकालिएको विचारलाई नै पृथ्वीविचार भनिएको हो।
“पृथ्वीविचार” नामाकरण लेखक खगेन्द्रराज सिटौलाद्वारा गरिएको हो। २०५४ सालमा केही राष्ट्रिय दैनिकमा लेखिएका लेख मार्फत पहिलोपटक पृथ्वीविचार नामकरण गरिएको थियो।
पछि २०६० सालमा पृथ्वीजयन्ती मनाउने सन्दर्भमा डिल्लीबजार भोजनगृहमा राष्टिय एकता दिवस तथा पृथ्वीजयन्ती मनाउनको लागि आयोजना गरिएको भेलामा खगेन्द्रराज सिटौलाले पृथ्वीविचार भनिनुपर्छ भन्ने कारण र तर्क राखिएको थियो।
भेलामा उपस्थित युगसम्वाद साप्ताहिकका प्रधानसम्पादक सोममनाथ घिमिरेले यही तर्क र व्याख्यामाथि उभिएर युगसम्वाद सप्ताहिकामा स्तम्भमा नियमित लेख्न आग्रह गरिएकोलाई स्वीकार्दै पृथ्वीविचार र व्यवहार शिर्षका स्तम्भ लेख्न थालियो।
त्यही स्तम्भमा लेखिएकालाई केही परिमार्जन र थप गरिएको भरत बस्नेतको संस्था द एक्स्प्लोर नेपाल ग्रुप प्रकाशक भएको लेखक खगेन्द्रराज सिटौला भएको पृथ्वीविचार र व्यवहार नामको पुस्तक पहिलो पटक २०६१ सालमा प्रकाशित भयो।
तत्कालीन सभामुख तारानाथ रानाभाटद्वारा २०६१ सालको पृथ्वीजयन्ती मनाउने समारोहमा डिल्लीबजार भोजन गृहमा विमोचित भएर सार्वजनिक भएको हो। त्यसपछि २०६९ सालमा दोस्रो संस्करण र स्वयं लेखक नै प्रकाशक समेत भएको तेस्रो संस्करण २०८० सालमा प्रकाशित भएको छ। त्यसयता पंतिकार आफ्ना लेखहरुमा पृथ्वीनारायणका विचारलाई पृथ्वीविचार भनेर नै लेखिरहेको छ। धेरैले यो पदावलीलाई मन पराएका पनि छन्।
नेकपा माओवादीले जनयुद्ध भनेर हिंसाको आतंक मच्चाइरहेको थियो। शान्तिका अनेक प्रयास भइरहेका थिए र राजा ज्ञानेन्द्रले सत्ता लिएको अवस्था थियो। हिंसालाई अन्त्य गरेर शान्ति स्थापना गर्नु अनिवार्य राष्ट्रिय आवश्यकता थियो।
राज्यले माओवादीलाई आतंककारीको बिल्ला लगाइदिएको थियो। माओवादीले आफ्नो क्रान्तिको बाटोको नामाकरण प्रचण्डपथ राखेको थियो। त्यही परिप्रेक्ष्यमा पंतिकारले पनि माओवादी समस्याको शान्तिपूर्ण राजनीति समाधानको उपायाको लागि एउटा कार्यपत्र तयार गरेको थियो। जसको शिर्षक थियो “वर्तमान नेपालको राजनीति अवस्था र पृथ्वीमहापथ”।
प्रचण्डपथ देखि वीपी, महेन्द्र मदन जेजे पथ छन् सबैलाई समाहित गर्ने समस्याको समाधान गर्ने सामथ्र्य पृथ्वीविचारले राख्छ र पृथ्वीमहापथ सबैको साझा राष्ट्रियपथ हुनेछ भन्ने निष्कर्ष थियो। जसमा माओवादी केहो नेपालको समस्या के हो र समाधानको उपाया कसरी भन्ने खाका पनि थियो।
जुन कार्यक्रम स्वतन्त्र पत्रकार समाजका आयोजनामा भएको थियो। कार्यक्रमको आयोजना र समारोहको अध्यक्षता यसका अध्यक्ष जीवराम भण्डारीले गरेका थिए। यो कार्यक्रम २०५९ साल पुष ६ गते काठमाडौँमा भएको थियो।
पंतिकारले कार्यपत्र पेश गरेको थियो भने बल्लभमणि दाहाल, शाश्त्रदत्त पन्त, सौरभ आदिले टिप्पणी गरेका थिए। प्रमुख अतिथि भने मन्त्री कुवेर शर्मा थिए। धेरै मिडियामा आएकोले त्यसबेला त्यो कार्यपत्र निकै चर्चामा थियो।
त्यसैले अहिले पनि पंतिकारलाई धेरैले भेट हुँदा पृथ्वीपथ भन्छन्। मलाई अहिले पनि के लाग्छ भने त्यो कार्यपत्रलाई पनि सहयोगी मानेर राजा ज्ञानेन्द्रले माओवादी समस्याको समाधान खोज्न लागेको भए सायद नेपालका राजनीति दलहरु १२ बुँदे मार्फत दिल्ल्लीको पोल्टामा पुग्दैनथे कि?
यसरी अनेक पटक अनेक विषयमा लेख्दै अध्यायन गर्दै खोज्दै पंतिकारले पृथ्वीविचारको सार खिचेर धेरै पटक धेरै मिडियामा वा सामाजिक सञ्जालमा समेत लेखेको छ। पङ्तिकारले पृथ्वीविचारलाई नेपाल जोगाउने र जगाउने मूल राष्ट्रिय चिन्तनधार भन्दै आएको छ।
पृथ्वीविचारको सार एकै वाक्यमा यसरी खिचिएको छ -परतन्त्र र भ्रष्ट्रतन्त्र बिरोधि स्वाधीन, सम्पन्न,स्वच्छ स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्र, सामाजिक न्यायमा आधारित स्वधर्म, स्वसंस्कृतियुक्त पूर्वीय आध्यात्मिक चिन्तनधारको जगमा खडा भएको देशभक्तिले निर्देशित नेपाल जोगाउने र जगाउने मूल राष्ट्रिचिन्तनधारको साझा राष्टिय एकताको फूलबारी प्रजातन्त्र नै एकै वाक्यमा बुझिने पृथ्वीविचारको सार र परिचय हो।
उक्त पृथ्वीविचारको सारलाई व्यवहारमा लागू गर्ने राष्ट्रिय स्तरको राजनीति शक्ति बनाउन सकियो भने बलियो नेपाल खडा गर्न नेपाल र नेपालीले अन्य कुनै पनि विचारमा भड्कनु र अड्कनु पर्दैन।
अब महेन्द्र चिन्तनधारतिर लागौँ। महेन्द्र चिन्तनधार भनेको केहो र यसलाई कसरी बुझ्ने? राजा महेन्द्रले निर्दलीय पञ्चायती व्यवस्था लागू गरेकोले के महेन्द्र चिन्तनधारको परिचय निर्दलीयता हो? राजा महेन्द्रले बहुदलीय संसदीय प्रजातन्त्रिक व्यवस्थाको खारेज गरेकोले के महेन्द्र चिन्तनधार प्रजातन्त्र बिरोधी तानाशाहीधार हो?
अथवा के हो महेन्द्र चिन्तनधार? महेन्द्र चिन्तनधारलाई अंशमा नभएर समग्रमा बुझ्नु पर्दछ। अंशमा मात्र बुझ्न कोशिस गरियो भने महेन्द्र चिन्तनधारको छेउटुप्पो फेला पार्न सकिँदैन।
नेपालको सन्दर्भमा बुझ्न खोजियो भने महेन्द्र चिन्तनधार नेपालवादी धार हो। विश्व सन्दर्भमा बुझ्न खोजियो भने वर्ग समन्वयको धार महेन्द्र चिन्तनधारको महत्वपूर्ण पाटो र बाटो हो। प्रजातन्त्रको सन्दर्भमा बुझ्न खोजियो भने प्रजातन्त्रका अनेक वैकल्पिक प्रणाली हुन्छन् भन्ने मान्यतामाथि उभिएको हो महेन्द्र चिन्तनधार।
विकासको सन्दर्भमा बुझ्न खोजियो भने आत्मनिर्भर अर्थतन्त्रको धार हो महेन्द्र चिन्तनधार। राष्ट्रिय आवश्यकता र राष्ट्रिय प्राथमिकताको पाटो र बाटो हो विकासको सन्दर्भको महेन्द्र चिन्तनधार। नेपालको आवश्यकता गाउँको विकासलाई प्राथमिकता हो महेन्द्र चिन्तनधार। देशलाई आय गरिबलाई न्याय हो सामाजिक क्षेत्रको महेन्द्र चिन्तनधार।
छुवाछुत मुक्त नेपाल सामाजिक न्याययुक्त नेपाल अर्को परिचय हो महेन्द्र चिन्तनधारको। नेपाल सबैको सबैसँग मित्रताको हात नेपाललाई सबैको साथ,नेपालको आवाज न्यायको हो विदेशनीतिमा महेन्द्र चिन्तनधार। समाजवादी चिन्तनधार हो महेन्द्र चिन्तनधार। सारमा नेपालकरण र नेपाल सुदृढिकरणको धार हो महेन्द्र चिन्तनधार।
“ नेपाल असली हिन्दुस्थान रहेछ” भन्ने पृथ्वीविचारको सारलाई नेपालको आध्यत्मिकधार बुझ्न सकिन्छ महेन्द्र चिन्तनधारमा। अन्तराष्ट्रिय बौद्ध सम्मेलन हिन्दु अधिराज्यमा ओमकार परिवारको मेल पूर्वीय आध्यात्मिक चिन्तनधारमा बुझ्न सकिन्छ महेन्द्रको आध्यात्मिक चिन्तनधार।
छुवाछुत कुनै पनि धर्मको अंग हुन सक्तैन। वैदिक सनातनी हिन्दुअधिराज्य शिवभूमिमा त झनै हुन सक्तैन। छुवाछुत जस्तो अमानवीय तथा असामाजिक कलंक न धर्मले पाल्नुहुन्छ न समाजले पाल्नुहुन्छ न राज्यले पाल्नुहुन्छ न कानुनले पाल्नुहुन्छ बरु यसलाई जतिसक्दो छिटो सबै मिलेर फाल्नु मात्र हुन्छ भनेर महेन्द्रको क्रान्तिकारी सामाजिक चिन्तनधार छुवाछुत बिरोधि ऐन बनाएर प्रकट हुन्छ।
तर यो चिन्तधारमाथि प्रतिक्रान्ति गर्दै प्रतिगामी तथा परगामी तत्वहरुले फेरि दलित आयोग,दलित आरक्षण तथा संविधानमा नै दलित लेखेर छुवाछुतलार्ई संस्थागत,संवैधानिक र चिरकालसम्म बचाएर लैजाने बनाएका छन्।
एकथरीले शासन प्रणाली बहुदलीय मात्र चाहिन्छ बहुदलीय प्रतिस्पर्धाको राजनीति प्रणाली भएको मुलुक मात्रै प्रजातन्त्रिक मुलुक ठहर्छ भन्ने भाष्य स्थापित गर्न लागिरहेको विश्व राजनीति थियो। अर्कोतिर त्यस्तो देखावटी बहुदलीय प्रजातन्त्र सीमित ठालु शोषक पुँजीपति वर्गको प्रजातन्त्र हो यसले व्यापक श्रमजिवी जनताको हित र प्रतिनिधित्व गर्दैन भन्ने अर्को एकदलीय वा सर्वहारा वर्गको अधिनायकत्वको राजनीति चिन्तनधारको झण्डा बोकेको कम्युनिष्ट शक्ति पनि थियो राजनीतिको विश्वमा।
ती दुबै चिन्तनधारलाई चुनौति दिँदै न एकदलीय धार न बहुदलीय धार जनताले चुन्ने निर्दलीयधार पनि प्रजातन्त्र हुन्छ भनेर निर्दलीय प्रणालीको आप्mनै विश्वासको मौलिक प्रजातन्त्र लिएर राजा महेन्द्र उदाए।
राजनीति प्रणाली साध्य होइनन् साधन मात्रै हुन् जुन साधन वा प्रणाली भए पनि हुन्छ शर्त एउटै हो त्यो प्रणाली देश र जनताको हितमा हुनुपर्छ। राजा महेन्द्रको प्रजातन्त्रिक मान्यता थियो जिब्रो होइन हात चलाउ।
अर्थात थोरै चाहिने कुरा मात्र बोल्ने हो धेरै काम गरेर मुलुकलाई उठाउने हो। महेन्द्रले भने जस्तै चीनले जिब्रो होइन हात चलाउको प्रजातन्त्रको अभ्यास गरेर बलियो चीन अरुको तुलनामा छोटो अवधिमा नै विश्व सामु प्रस्तुत गरेको छ।
चीनले बोल्नै नपर्ने प्रजातन्त्रको अभ्यास गरेर चीनलाई अरु पतर पतर बोल्ने भनिएको तथाकथित वाक स्वतन्त्रताको प्रजातन्त्रको तुलनामा अरुलाई उनीहरु जस्तो नलुटी विश्वलाई छोटो अवधिमा नै विकास,शान्ति, र समृद्धिको चमत्कार देखाएको छ।
जेमा पनि बोल्नै पर्ने ढाँट्नै पर्ने तर कामै नहुने प्रजातन्त्र भन्दा बोल्नै नपर्ने तर काम भटाभट हुने चीनको शासन व्यवस्था र राष्ट्रको हित र जितको लागि अनुकरणीय छ। राजा महेन्द्रको शासन व्यवस्था पनि यस्तै यस्तै थियो।
विश्वमा एकथरीको मत थियो राज्य हुन्छ जनता हुन्छन् राज्यले जनताको हित गर्ने लोक कल्याणकारी नीति लिए हुन्छ। न राज्यमा कुनै वर्ग हुन्छन् न कुनै वर्गको राज्य नै हुुन्छ न वर्ग संघर्षको आवश्यकता नै हुन्छ। अर्काे पक्षको मत थियो राज्य वर्गीय हुन्छ।
शोषक वर्गको राज्य सत्ता श्रमजिवी वर्गले हिंसात्मक वर्ग संघर्षको माध्यमबाट पल्टाएर गरिब सर्वहारा वर्गको राज्य सत्ता स्थापना गरेर त्यो वर्गको हितमा काम गर्ने राज्य सत्ता चाहिन्छ भन्ने मत थियो। राजा महेन्द्रको यी भन्दा फरक चिन्तन थियो।
समाजमा आर्थिक हिसाबले केलाउदा धनी र गरिब वर्ग हुन्छन् तर सामाजिक न्याय हिंसारहित वर्ग समन्वयको माध्यमबाट समाधान गरेर सामजिक न्याय दिएर अघि बढ्न सकिन्छ भन्ने मान्यता थियो। राजा महेन्द्रले त्यसको सफल प्रयोग पनि गरे।
उनको वर्ग समन्वयको नीति बमोजिम एक थोपा रगत पनि नबगाई क्रान्तिकारी भूमिसुधार कार्यक्रम सफलता पूर्वक लागू गरेर धेरै गरिब मोहीलाई जमिन्दारको जग्गा दिएर धनी बनाए। त्यस्तै उनले छुवाछुत बिरुद्धको ऐन कानुन पनि यही समन्वयात्क विधिबाट नै अगाडि बढाए।
वर्ग समन्वय महेन्द्र चिन्तनधारको महत्वपूर्ण पाटो र बाटो हो भनेर फेरि जोड दिएर भन्नुपर्छ। समन्वय आफैमा शक्ति हो। यसको अर्थ र शक्ति व्यापक छ। नेपाल टिकेको नै समन्वयत्मक धारले हो। समन्वय आफैमा विश्वलाई जोड्ने शक्ति हो।
धेरै मान्छेलाई के भ्रम छ भने राजा महेन्द्र मात्र निर्दलीयताका पक्षपाति हुन् र बहुदलीय प्रणालीका घोर बिरोधि हुन्। अर्थात राजा महेन्द्रको चिन्तनधार निर्दलीयता मात्रै हो। यथार्थमा यो होइन। यथार्थ के हो भने दलहरुले नेपालकाे हित र जितको न नीति बुझे न कार्यक्रम अघि सार्न सके न नेपालको भूराजनीति बुझ्न सके।
राजा महेन्द्रले के बुझे भने दलहरुलाई यसरी नै बेलगाम छोड्ने हो भने नेपालको राष्ट्रिय हितलाई गम्भीर क्षति पु¥याउने छन्। राजा महेन्द्रले के बुझे भने आफ्नो योजना बमोजिम परिस्थिति बनाएर हतारमा र छोटो अवधिमा धेरै काम गरेर नेपालकरण,नेपाल सुदृढिकरण र नेपाल आधुनिकिकरणका बलिया आधार तयार गर्नैपर्छ।
यति तयार गरेपछि फेरि दलहरुलाई काम गर्न बहुदलीय प्रणलीमा नेपाललाई फर्काउनै पर्छ। राजा महेन्द्रको निर्दलीय प्रणाली निश्चित अवधिको लागिको अस्थाई उपचारको प्रणाली थियो भन्ने ठोकुवा गरेर भन्न सकिन्छ।
यसको आधार के हो भने राजा महेन्द्रले तत्कालिन मन्त्री कानुन संविधानका ज्ञाता शम्भुप्रसाद ज्ञवालीलाई बहुदलीय संविधान तयार गर्न लगाएका रहेछन्। र यो संविधान २०२८ साल फागुन महिनाको कुनै दिन घोषणा गर्ने राजा महेन्द्रको योजना रहेछ। तर विधिलाई यो मन्जुर भएन। राजा महेन्द्रको माघमा नै हृदयघातबाट निधन भयो।
यसबाट के निष्कर्षमा पुग्न सकिन्छ भने निर्दलियता राजा महेन्द्रको दशकको देश उपचार कोर्ष रहेछ। अर्थात २०१७ सालदेखि २०२७ सालसम्ममा उनले आफ्ना उद्देश्य पुरा भएको ठाने।
र २०२८ सालमा बहुदलीय प्रणाली पुन फिर्ता ल्याउने तयारी गरे। यसले के पुष्टि गर्दछ भने निर्दलीयता राजा महेन्द्रको आस्था होइन र त्यो महेन्द्र चिन्तनधारको अभिन्न अंग होइन। यो उनको अस्थाई उपचार प्रणाली मात्रै हो।
पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरण भयो। अर्थात नेपाल एकीकरणको बलियो आधार खडा भयो। त्यो बलियो आधारमाथि उभिएर उनका माहिला छोरा (भनाईमा कान्छा) बहादुर शाहको नेतृत्वमा नेपालको विशालकरण भयो। महेन्द्रको नेतृत्वमा नेपालकरण,नेपाल सुदृढिकरण र नेपाल आधुनिकिकरणको आधार खडा भयो। महेन्द्र चिन्तनधारको सार यही हो।
केही मान्छेहरुले राजा महेन्द्रलाई सम्झन र सम्मान गर्न पुष १ गते महेन्द्र जयन्ती मनाउने गरेका छन्। यसले भ्रम दिन्छ। पहिलो पुष १ गते महेन्द्र जयन्ती होइन यसले नयाँ पुस्तालाई भ्रम दिन्छ। महेन्द्र जन्मेको दिन असार ३० गते हो।
दोस्रो भ्रम के दिन्छ भने राजा महेन्द्र प्रजातन्त्र अर्थात बहुदलिय प्रजातन्त्र बिरोधि हुन् र राजा महेन्द्रको आस्था, परिचय र आदर्श मात्र निर्दलीय हो। अर्को भ्रम के दिन्छ भने राजा महेन्द्रले गरेका काम २०१७ सालपछि मात्रै हो।
वास्तवमा राजा महेन्द्रले नेपालकरण, नेपाल सुदृढिकरण र नेपाल आधुनिकिकरणका काम उनले राजसिंहासनमा बसेको दिनदेखि नै थालेका थिए। यसका आधार २०१७ साल अघि नै धेरै बलिया बनाइ सकेका थिए राजा महेन्द्रले ।
त्यसैले महेन्द्रलाई सम्मान गर्न र महेन्द्र जयन्ती मनाउन पुष १ गते होइन पृथ्वीनारायण जन्मेको दिन पुष २७ गते मनाए जस्तै महेन्द्र जन्मेको दिन असार ३० गते नै मनाउनु सबै किसिमले उचित हुन्छ।
पुष १ गते महेन्द्र जयन्ती मनाउँदा राजा महेन्द्रको सम्मान नभएर अपमान हुन्छ। पञ्चायतले नै गलत अभ्यास गरेको थियो। फागुन ७ गते त्रिभुवन जयन्ती तथा प्रजातन्त्र दिवस र पुष १ गते महेन्द्र जयन्ती तथा संविधान दिवस मनाउने गरेको थियो।
राजा महेन्द्रको चिन्तनधार उनको कवि व्याक्तित्व म वि वि शाहको नाममा पनि व्यक्त भएको पाइन्छ। यसले पनि महेन्द्र चिन्तनधारलाई जाहेर गर्दछ। नेताको चिन्तनधार कवितामा पनि जाहेर हुन्छ।
राजा महेन्द्रको भावना नजाउ छोडी यो देश आमालाई रुवाएर नबिर्स जन्मेको ठाउँ आफूलाई छकाएर , गर्छिन पुकार आमा रोइकराई जोडले होइन मेरो भन्छिन् सन्तान थरीथरीका ,हे वीर हिड अघि सरी नहटाई पाउ रतिभरी र नेपाल मेरो तिमिलाई उपहार भो यो जिन्दगी अपनाउ या नअपनाउ जस्ता केही प्रतिनिधिमुलक गीतलाई लिन सकिन्छ।
यी गीतमा उत्कृष्ट देशभक्ति,सामाजिक न्याय,सुशासन,राष्ट्रिय आचरण ,सौर्य र सामाजवाद,नागरिक अधिकार,मानवअधिकार लगायत धेरै छ। राजा महेन्द्र आफ्नो वास्ताविक चिन्तनधार बोकेर कवि म वी वि शाहको रुपमा कविता मार्फत पनि अभिव्यक्त भएका छन्। राजा महेन्द्रको चिन्तनधार वास्तवमा देशभत्तिपूर्ण क्रान्तिकारी चिन्तनधार नै हो।
नेपाल जोड्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल जोगाउने र जगाउने विचार दिएका छन् भने राजा महेन्द्रले पृथ्वीविचारको जगमाथि उभिएर नेपालकरण,नेपाल सुदृढिकरण र नेपाल आधुनिककरणको आधार खडा गरेका छन्।
पृथ्वीविचारको सार र महेन्द्र चिन्तनधार नेपालको लागि सर्वकालिन शक्ति हो। जुन विचारले नेपाल जोड्यो त्यही विचारले नेपाल जोगउँछ र जगाउँछ भन्ने बुझेका राजा महेन्द्रले सबै किसिमले नेपाललाई सुदृढ बनाएको तथ्यले पुष्टि गर्दछ। पृथ्वीविचारको सार र महेन्द्र चिन्तनधार यसैको सेरोफेरोमा छ।
पृथ्वीविचारको सार र महेन्द्र चिन्तनधार नेपालको मुल राष्ट्रिय चिन्धनधार हो। यो चिन्तनधारलाई व्यवहारमा उतार्ने हो भने मात्र सबै किसिमले सबै क्षेत्रमा बलियो नेपालको आधार खडा गर्न सकिन्छ।
पृथ्वीविचार धेरै हदसम्म महेन्द्र चिन्तनधारको व्यवहारमा अभिव्यक्त भएको थियो भन्दा अत्युक्ति हुँदैन। सबै किसिमले बलियो नेपालको लागि पृथ्वीविचारको सार र महेन्द्र चिन्तनधार व्यवहारमा नेपालको मुलधार भएर बग्नै पर्दछ।
महेन्द्र चिन्तनधारले एकतिर नेपालको अन्तराष्ट्रिय जगतमा सम्बन्ध र सम्मान बढाएको थियो भने राष्ट्रिय जगतमा नेपालकरण र नेपाल सुदृढिकरणका आधार बलिया बनाएको थियो। नेपाल संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा चुनिएको थियो।
अमेरिका भ्रमणमा जाँदा नेपालका राजा महेन्द्रलाई स्वागत गर्न अमेरिकाका राष्ट्रपति हवाइमैदानमा नै आएका थिए। राजा महेन्द्रले अमेरिकाको दुबै सदनको संयुक्त बैठकलाई सम्वोधन गर्ने सम्मानित अवसर पाएका थिए।
चीनको जनगणतन्त्र स्थापना भएको आठौँ वार्षिकीमा राजा महेन्द्रलाई प्रमुख अतिथि बनाएको थियो। तेन यान मेन चोकमा भएको खुला र विशाल समाहरोहमा चीनका प्रतिष्ठित नेता माओले नेपालका राजा महेन्द्रलाई आफ्नो दाहिनेतिर राखेर उच्च सम्मान दिएका थिए।
भारतका प्रधानमन्त्री नेहरुले पनि राजा महेन्द्रलाई उच्च सम्मान दिएका थिए। महेन्द्रको पालामा नेपालमा वृटेनकी महारानी एलिजावेथ ,चीनका प्रधानमन्त्री चाउ एल लाई, संयुक्त राष्ट्रसंघका महासचिव लगायत अन्य धेरै मुलुकका प्रतिष्ठित धेरै नेताहरुको समेतले नेपालको भ्रमण गरेका थिए। असंलग्न राष्ट्रको संस्थापक नेतामध्ये राजा महेन्द्रको असंलग्न राष्ट्रभित्र र बाहिर सबैतिर उच्च सम्मान थियो। यो सम्मान नेपालको थियो।
त्यसबेलाको एक ध्रुब्रको शक्तिशाली राष्ट्र सोभियत संघका नेता खु्रश्चेभले गलत सुचना र विश्लेषणको आधारमा नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्य हुनबाट रोक्न धेरै कोशिस गरेका थिए।
पछि कुटनैतिक सम्बन्ध स्थापना पछि राजा महेन्द्रले सोभियतसँघको लामो भ्रमण गरेर ख्रुश्चेभको विश्वास मात्रै जितेनन् कि सोभियतसँघलाई नेपालको प्रमुख विकास साझेदार राष्ट्र पनि बनाए। यी केही प्रतिनिधिमुलक दृष्टान्त मात्रै हुन महेन्द्र चिन्तनधारको कारणले महेन्द्रकालमा नेपालको प्रतिष्ठा उच्च थियो भनेर।
निष्कर्ष के निकाल्न सकिन्छ भने पृथ्वीविचारको सार र महेन्द्र चिन्तनधारबाट सार खिचेर नेपालको मुल राष्ट्रिय चिन्तनधार बनाउन सकिन्छ। नेपाल जोगाउने र जगाउने यो मुल राष्ट्रिय चिन्तनधारलाई सबै किसिमले बलियो नेपालको आधार बनाउन सकिन्छ।
न यो चिन्तनधार प्रतिगामी चिन्तनधार हुनेछ न अग्रगामी आवरणमा परगामी चिन्तनधार हुने छ। नेपालमुखी पुराना विचार र नयाँ विचारको संयोजनमा खडा भएको नेपालको आधिकारिक मुल राष्ट्रिय चिन्तनधार हुनेछ।
पृथ्वीविचार र महेन्द्र चिन्तनधार दुबै व्यवहारमा जाँचिएका,खारिएका र प्रमाणित भएका चिन्तनधार हुन् नेपालको सबै किसिमको भलो धार। नेपाल जोगाउने र जगाउने नेपालको मूल राष्ट्रिय चिन्तनधार। बाह्य रणनीतिक स्थार्थका सेवकहरुले खडा गरेका पर्खालहरु भत्काएर नेपालको हित र जितको लागि नेपाली जनता पृथ्वीविचार र महेन्द्र चिन्तनधारमा जोडिनै पर्दछ। अर्को विकल्प छैन।
कुनै पनि राजनैतिक परिवर्तनले देशको प्रतिष्ठा उचो बनाउँछ भने,देश सुदृढीकरणका आधार खडा गर्छ भने आर्थिक सामाजिक न्यायका आधार बलिया बनाउँछ भने र जनतामा विश्वास जगाएर जनजीवनलाई थप सहज बनाउँछ भने त्यो परिवर्तन क्रान्ति ठहर्छ।
राजा महेन्द्रको २०१७ सालको परिवर्तनले उपरोक्त मापदण्ड पुरा गरेको देखिएकोले यो पनि एकखाले क्रान्ति नै ठहर्छ। क्रान्तिको परिभाषा नयाँ किसिमले गर्नुपर्ने भएको छ। त्यसरी नै कुन प्रजातन्त्र हो कुन प्रजातन्त्र होइन को बिबाद पनि अन्त्य हुनुपर्छ।
त्यसको लागि विश्वभरमा एउटै एउटै शब्द प्रयोग हुनुपर्छ त्यो हो शासनतन्त्र। कुन प्रणालीको शासनतन्त्र छ महत्वको विषय होइन कुन शासनतन्त्रले आफ्नो देश र जनतालाई सबै किसिमले बलियो बनाएको छ कि छैन महत्वको विषय हो।
Facebook Comment