रवि लामिछानेको बयान सकियो, म्याद थपबारे निर्णय केही बेरमा आउने

डिसी नेपाल
४ कार्तिक २०८१ १६:५२

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको बयान सकिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा सभापति लामिछानेको बहस सकिएको हो । गत शुक्रवार काठमाडौंवाट पक्राउ परेका लामिछानेलाई आज अदालतमा उभ्याईएको हो ।

बयान सकिएकाले केही बेरमा उनलाई थुनामा राख्ने कि नराख्नेलगायत म्याद थपबारे आदेश आउने जनाइएको छ ।

प्रहरीले रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका सरकारी वकिलको कार्यालयमार्फत म्याद थपका लागि ५ दिनको म्याद मागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *