रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

डिसी नेपाल
४ कार्तिक २०८१ १७:३६

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा सभापति लामिछानेको बहस सकिएसँगै प्रहरीलाई अनुसन्धान गर्न ६ दिन म्याद थप गरेको हो। गत शुक्रवार काठमाडौंवाट पक्राउ परेका लामिछानेलाई आइतबार बयानका लागि अदालतमा लगिएको हो।

प्रहरीले रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतसँग म्याद थप मागेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *