साफ महिला च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको खेल बराबरीमा रोकियो

काठमाडौं। बंगलादेश जारी साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको छ ।
आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेश र पाकिस्तानले १-१ गोलको बराबरी खेलेका हुन् ।
खेलको पहिलो हाफमा पाकिस्तानले १-० ले अग्रता लिएकोमा बंगलादेशले खेलको ९०औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको थियो ।
पाकिस्तानका लागि खेलको ३१औ मिनेटमा जाहमेना मालिकले गोल गर्दै शुरुवाती अग्रता दिलाएकी थिइन् भने बंगलादेशका लागि ९०औं मिनेटमा शम्सुन्नाहरले बराबरी गोल गरेकी थिइन् ।
यो बराबरीपछि समुह ए मा रहेको पाकिस्तानको २ खेलमा एक अंक भएको छ र बंगलादेशको एक खेलमा एक अंक भएको छ। समूह ए मा पहिलो खेल जितेर भारत ३ अंकसहित शीर्ष स्थानमा छ।
अब समुह ए बाट भारत सेमिफाइनलमा पुग्ने निश्चित भएको छ भने दोस्रो देशको टुंगो भने भारत र बंगलादेशबीचको खेलपछि लाग्ने छ।
Facebook Comment