भवन निर्माणका लागि यस्तो थियो एमालेको योजना

डिसी नेपाल
५ कार्तिक २०८१ ७:१८

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पूर्वउपाध्यक्ष डा. भीम रावलसहित तीन नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एमाले सचिवालय बैठकले रावलसहित पार्टी स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार साँझ बसेको पार्टी सचिवालय बैठकले पार्टीको निर्णयविरुद्धमा अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

एमाले महासचिव शंकर पोखरेलले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सिनाले कीर्तिपुरमा निर्माण भइरहेको पार्टी कार्यालयका विरुद्धमा बोलेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिएका छन् । पार्टीको निर्णयमा कार्यालय निर्माणका लागि शिलान्याससमेत भइसकेको विषयमा अभिव्यक्ति दिने काम भएको उनले बताए ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले र जग्गादाता भाटभटेनीका सञ्चालक रहेका व्यवसायी मीनबहादुर गुरुङले संयुक्त रूपमा कीर्तिपुरमा पार्टी कार्यालय भवन निर्माणका लागि शिलान्यास गरेका थिए । यसैगरी, पार्टीको नीतिविपरीत गतिविधि गरेको भन्दै पूर्वउपाध्यक्ष रावललाई स्पष्टीकरण सोध्ने निर्णय भएको उनले बताए । महासचिव पोखरेलले लामो समय पार्टी नीतिसँग असहमत राखेर पार्टीको निर्णय र आचरणविपरीत विचार राखेको भन्दै पार्टीका पूर्वउपाध्यक्ष रावललाई स्पष्टीकरण सोधिएको बताए ।

‘पार्टीको निर्णयविपरीत अभिव्यक्ति दिने देखिएकाले के कति कारणले उहाँहरूले त्यस्तो बोल्नुभएको हो ? त्यसै’boutमा स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ महासचिव पोखरेलले भने, ‘लामो समय पार्टी नीतिसँग असहमत राखेर पार्टीको निर्णय र आचरणविपरीत विचार राखेकाले पार्टीका पूर्वउपाध्यक्षलाई स्पष्टीकरण सोधिएको हो ।’

गत २४ असोजमा बसेको एमाले सचिवालय बैठकले व्यवसायी गुरुङबाट १० रोपनी १४ आना जग्गासहित १ अर्ब रुपैयाँबराबरको केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय गरेको थियो । तर, सो निर्णयप्रति पाण्डे र तिमिल्सिनाले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए । एमालेभित्र मात्रै नभई अन्य राजनीतिक दलका नेताका साथै सर्वसाधारणले समेत एमालेको सो निर्णयको आलोचना गर्दै आएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकपछि विज्ञप्ति सार्वजनिक गर्दै स्पष्टीकरण सोध्ने निर्णयका साथै बैठकमा विभिन्न समसामयिक विषयमा छलफल भएको जनाएका छन् ।

एक रुपैयाँ दान संकलन

यसैबीच, एमालेले भाटभटेनीका सञ्चालन गुरुङबाट जग्गा दान लिएपछि त्यसको चर्को आलोचना हँदै आएको छ । गुरुङले नै भवन निर्माण गरी एमालेलाई हस्तान्तरण गर्ने बताइएको छ । सो निर्णयको आलोचना गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारीले ‘एक रुपैयाँ’ दान संकलन गरेको छ । सांकेतिक विरोधस्वरूप काठमाडौंमा आइतबार अखिल क्रान्तिकारीले दान संकलन गरेको हो ।

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले समेत व्यंग्य गर्दै, ‘एक रुपैयाँ दान संकलन’ कार्यक्रमको नाममा विरोध प्रदर्शन गरेका छन् । शनिबार माइतीघरमा भेला भएका रास्वपा कार्यकर्ताहरूले पार्टी सभापति रवि लामिछानेको गिरफ्तारीविरुद्ध नाराबाजी गर्दै व्यंग्यात्मक रूपमा एमालेको भवन निर्माणलाई लिएर आलोचना गरेका हुन् ।

उनीहरूले सहकारीपीडितलाई न्याय दे, भ्रष्ट सरकार मुर्दावाद, दोषीलाई च्याप्ने, निर्दोषलाई न्याक्ने, भाटभटेनी सरकार मुर्दावाद, सरकार म¥यो, जनतालाई जुठो पर्यो लगायतका प्लेकार्ड बोकी नारा लगाएका थिए ।

पाण्डेले के लेखेकी थिइन् ?

एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी कार्यालय भवन बनाउन जग्गा र सहयोग लिने कुराको चर्को रूपमा विरोध गर्दै आएकी छन् । उनले समय घर्किनसकेको भन्दै अझै पनि सो निर्णय फिर्ता लिन पार्टी नेतृत्वलाई दबाब दिँदै आएकी हुन् । उनले सो निर्णयले साढे ५ लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम भएको भन्दै सार्वजनिक रूपमै आलोचना गरेकी हुन् ।

‘साढे ५ लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो, व्यापार व्यवसाय गर्नेले पारदर्शी रूपमा कम्पनीको सामाजिक दायित्वअन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो,’ पाण्डेले सामाजिक सञ्जालमा लेखिकी छन्, ‘तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो, दिनेले किन र कसरी दिए ? उनैलाई थाहा होला, तर स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारीसमेत नहुनेगरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती साबित हुनेछ ।’

उनले अगाडी लेखेकी छन्, ‘समय घर्किसकेको छैन, मनमोहन र मदनहरूले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्छ, समयमै सोचांै ।’

भवन निर्माणका लागि यस्तो थियो एमालेको योजना

एमालेले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्न जग्गा खोजिरहेको थियो । २०७२ सालको भूकम्पले बल्खुस्थित पार्टी केन्द्रीय कार्यालय भवन क्षतिग्रस्त भएपछि एमाले केन्द्रीय कार्यालय भाडामा सञ्चालन हुँदै आएको छ ।

भाडाको भवन आवश्यकतानुसार नभएको भन्दै एमालेले पटकपटक आफ्नै भवन निर्माण गर्ने निर्णय गर्दै आएको छ । तर, कार्यान्वयन भने गर्न सकेको छैन ।

बल्खुको भवन भत्किएपछि एमालेले धुम्बाराही, थापाथली र च्यासल गरी तीन ठाउँमा भाडाको घरमा पार्टी कार्यालय भवन सार्दै सञ्चालन गर्दै आएको छ । एमालेले आफ्नै कार्यालय भवन बनाउने भन्दै पार्टी सदस्यबाट न्यूनतम ‘सय रुपैयाँ’ संकलन गर्ने अभियान सुरु गर्ने निर्णय गरेको थियो ।

तर, एमालेले विवादित भनिएका व्यवसायीबाट जग्गा मात्र नभई उनैले भवनसमेत निर्माण गरिदिने खबर दसैंअघि सार्वजनिक भयो । सो जग्गा लिने कि नलिने भन्ने ’boutमा पार्टीमा निर्णय नभएको एमालेकै नेताको दाबी रहेको छ ।

‘विनाशकारी भूकम्पले बल्खुस्थित पार्टी केन्द्रीय कार्यालय भवन क्षतिग्रस्त भएपछि हाम्रो पार्टी भाडाको भवनमा सञ्चालन हुँदैआएको छ, हाम्रो जस्तो पार्टीका लागि भाडाको भवन हाम्रो आवश्यकतानुसारको हुने अवस्था छैन, पार्टीले कार्यालय भवन बनाउनेगरी पार्टी सदस्यबाट न्यूनतम सय रुपैयाँ उठाउने अभियान सुरु गरेको छ, थप सहयोग गर्न चाहने र सक्ने सहयोगीहरूबाट सहयोग लिएर सुविधासम्पन्न आधुनिक पार्टी कार्यालय भवन निर्माण गर्ने पार्टीको योजना रहेको छ,’ महासचिव पोखरेलले निर्माण गरेको वार्षिक कार्ययोजनामा उल्लेख गरिएको छ ।

पर्टीको केन्द्रीय कार्यालय भवन बनाउनका लागि उपयुक्त जग्गाको पहिचान र व्यवस्थापन आगामी मंसिरभित्रमा गरिसक्ने योजना एमालेको थियो । एमालेले केन्द्रीय कार्यालय भवन बनाउने ’boutमा पाँचबुँदे निर्देशनसमेत जारी गरेको थियो ।

गत १८ र १९ भदौमा बसेको पोलिटब्युरो बैठकमा पेस भएको र सचिवालयले अन्तिम रूप दिएको वार्षिक कार्ययोजनामा केन्द्रीय कार्यालय बनाउने कुरालाई प्राथमिकताका साथ राखिएको थियो । संगठन विभागका अनुसार एमालेका संगठित सदस्य साढे ५ लाख हाराहारी छन् । उनीहरूबाट सय रुपैयाँ उठाएर एमालेले केन्द्रीय कार्यालय भवन बनाउने योजनामा उल्लेख गरिएको थियो ।

२०७२ सालको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय क्षतिग्रस्त भएको थियो । त्यसपछि एमाले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा सरेको थियो । सरकारले प्रतिष्ठानलाई भोगाधिकार दिएको जग्गा एमालेलाई भाडामा लगाइएको भन्दै विरोध भएपछि त्यहाँबाट सो कार्यालय थापाथली हाइट सरेको थियो । थापाथलीमा एमाले व्यापारी सञ्जय अग्रवालको घरमा भाडामा बसेको थियो । अहिले पनि त्यहाँ एमालेको उद्योग विभाग छ ।

केन्द्रीय कार्यालयचाहिँ त्यहाँबाट सारेर ९ वैशाख २०७९ मा ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा लगिएको थियो । तुलसीलाल स्मृति प्रतिष्ठानको भवन एमालेले ५ वर्षका लागि भाडामा लिएको हो । यद्यपि, यो पनि सरकारले प्रतिष्ठानलाई भोगाधिकार दिएको हो । प्रतिष्ठानले एमालेलाई भोगचलन दिएको भन्दै त्यहाँ पनि आलोचना भएको थियो ।

भूकम्पले भत्काएको बल्खुको भवन एमालेले २०५१ सालमा बनाएको थियो । त्यतिबेला एमालेको अल्पमतको सरकार थियो । पार्टीका अध्यक्ष मनमोहन अधिकारी र माधवकुमार नेपाल महासचिव थिए । अधिकारी प्रधानमन्त्री र नेपाल परराष्ट्रमन्त्री भएर सरकारमा गएका बेला वामदेव गौतम कार्यवाहक महासचिव थिए । उनको नेतृत्वमा सो भवन बनेको थियो । बल्खुमा झन्डै ७ रोपनी क्षेत्रफलको हाराहारीमा जग्गा रहेको एमालेले जनाएको छ ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *