अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

डिसी नेपाल
५ कार्तिक २०८१ ७:५०

काठमाडौं। अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ। जारी टी-२० सिरिजको तेस्रो खेलमा अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको हो। टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको हो।

अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाएका थिए भने मिलिंद कुमारले ४३ रन बनाएका थिए।

त्यस्तै नेपाली बलर सोमपाल कामीले ३ विकेट लिएका थिए भने रिजन ढकाल र ललित राजबंशीले एक एक विकेट लिएका थिए। सिरिजमा नेपालले यस अघि नै लगातार २ खेल जितेर सिरिज जितिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *