चेल्सीमाथि लिभरपुलको सहज जित

डिसी नेपाल
५ कार्तिक २०८१ ७:५१

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले चेल्सीलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलको जितमा मोहमद सलाह र कार्टिस जोन्सले एक एक गोल गरेका थिए भने चेल्सीका लागि एक गोल निकोलस ज्याक्स्सनले गरेका थिए।

यो जितपछि लिभरपुलको ८ खेलमा २१ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ । त्यसैगरी चेल्सीको भने ८ खेलमा १४ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *