डोनाल्ड ट्रम्पले किन भने, ‘सी जिनपिङलाई थाहा छ म क्रेजी छु’

डिसी नेपाल
५ कार्तिक २०८१ १२:४६

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू फेरि अमेरिकी राष्ट्रपति बने भने चीनले अमेरिकामाथि आक्रमण गर्ने साहस नदेखाउने बताएका छन् ।

ट्रम्पले भने, “चिनियाँ राष्ट्रपति सी जिनपिङलाई थाहा छ कि रिपब्लिकन भावुक छन्।”

वाल स्ट्रिट जर्नलको सम्पादकीय बोर्डसँग कुरा गर्दै ट्रम्पले भने, “यदि म नोभेम्बरमा राष्ट्रपति भएँ र चीनले ताइवानलाई गाभेको खण्डमा म चीनमाथि भारी कर लगाउनेछु।”

ट्रम्पले चीनलाई १५० देखि २०० प्रतिशतसम्म कर लगाउने बताएका छन् ।

आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले भनेका थिए, “मेरो नयाँ कार्यकालमा अमेरिकाको कुनै पनि शत्रु अमेरिकी हितको विरुद्धमा जानेछैन। किनभने कडा र अप्रत्याशित प्रतिक्रियाको डर हुनेछ।”

उनले भने, “ताइवानको नाकाबन्दी रोक्न हामीले सैन्य बल प्रयोग गर्नुपर्दैन। किनभने सी जिनपिङले मलाई सम्मान गर्नुहुन्छ र म क्रेजी छु भनेर उहाँलाई थाहा छ।”

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको राम्रो सम्बन्धको बारेमा पनि कुरा गरेका छन् । विगतमा पुटिनको प्रशंसा गरेकोमा ट्रम्पको आलोचना भएको थियो ।

यद्यपी ट्रम्पले युक्रेनमा हमला गर्ने विषयमा पुटिनलाई धम्की दिएको बताएका छन् ।

ट्रम्पले पुटिनलाई भने, “म मस्कोको केन्द्रमा आक्रमण गर्नेछु। मैले भने कि हामी साथी हौं। म त्यो गर्न चाहन्न तर मसँग कुनै विकल्प छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *