धनराजकी पूर्वपत्नीसहित मितेरीका आरोपीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार

डिसी नेपाल
६ कार्तिक २०८१ १३:०१

काठमाडौं । ललितपुरको मितेरी सहकारी ठगीका आरोपीहरूविरुद्ध रेड नोटिस जारी गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई पत्राचार गरेको छ । रेड नोटिस जारी गर्न भनिएका आरोपीहरूमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ पनि छिन् ।

यो सहकारी ठगीको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । सीआइबीकै आग्रहमा प्रहरीको नेसनल कन्ट्रोल ब्युरो (एनसिबी) ले इन्टरपोललाई पत्राचार गरेको हो ।

रेड नोटिस जारी गर्नका लागि पत्राचार गरिएका आरोपीहरूमा धनराजकी पूर्वपत्नी ज्योति गुरुङ र मितेरी सहकारीकै ज्योतिबहादुर भण्डारी छन् । ठगी भएको समयमा ज्योयि गुरुङ सहकारीमा प्रबन्ध निर्देशक थिइन् । उनले भण्डारीसँग मिलेर बचतकर्ताको रकम अपचलन गरेको आरोप छ । मितेरी सहकारीबाट बचतकर्ताको १२ करोड ५९ लाख रुपैयाँ हिनामिना भएको अनुसन्धानमा देखिएको छ ।

ज्योतिसँग धनराजले २०७६ फागुनमा सम्बन्धबिच्छेद गरिसकेको बताएका छन् । सम्बन्धविच्छेदको कागजात भए पनि उनीहरूले कागजी रूपमा नक्कली सम्बन्धविच्छेद गरेको आरोप छ किनभने धनराजले सम्बन्धविछ्छेदपछि पनि पूर्वपत्नीले चलाएको रकम तिर्दै आएको सहकारीका अध्यक्षले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *