ग्लास्गो राष्ट्रमण्डल खेलमा क्रिकेट, हक्की र कुस्ती लगायतका खेलहरु नहुने

काठमाडौं । सन् २०२६ मा बेलायतको ग्लासगोमा हुने कमनवेल्थ गेम्सबाट धेरै खेल हटाइएको छ । ग्लासगोमा जम्मा १० खेलका लागि मात्र खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ।
बीबीसी खेलकुद सम्पादक ड्यान रोनका अनुसार आगामी राष्ट्रमण्डल खेलहरूमा समावेश नहुने खेलहरूमा हक्की, स्क्वास, रग्बी-७ एस, क्रिकेट, बीच भलिबल, डाइभिङ, ब्याडमिन्टन, टेबल टेनिस, कुस्ती, ट्रायथलन
म्याराथन, रोड साइकल र बीएमएक्स (साइकल दौड) छन् ।
यसअघि सन् २०२२ मा इंगल्याण्डको बर्मिङ्घममा २८ जुलाईदेखि ८ अगस्टसम्म सम्पन्न कमनवेल्थ गेम्समा ७२ देशले भाग लिएका थिए । त्यो वर्ष, खेलाडीहरूले १९ खेलहरूमा २८३ पदकका लागि प्रतिस्पर्धा गरे, जसमा ४५०० भन्दा बढी खेलाडीहरू संलग्न थिए।
जसमध्ये अष्ट्रेलियाले सर्वाधिक १७८ पदक जितेको थियो जसमध्ये ५७ स्वर्ण पदक थिए। त्यो वर्ष इंग्ल्याण्ड दोस्रो, क्यानडा तेस्रो र भारत चौथो स्थानमा थियो।
ग्लास्गोमा पदक जित्ने प्रतियोगिता हुने खेलमा एथलेटिक्स र प्यारा एथलेटिक्स, पौडी र प्यारा स्विमिङ, कलात्मक जिम्न्यास्टिक, ट्र्याक साइक्लिङ र प्यारा ट्र्याक साइक्लिङ, नेटबल समावेश छन् ।
यसबाहेक ग्लासगोमा बक्सिङ, जुडो बल र पारा बल, भारोत्तोलन र प्यारा पावरलिफ्टिङ ३x३, बास्केटबल र ३x३ ह्वीलचेयर बास्केटबलका प्रतियोगिता पनि हुनेछन् ।
Facebook Comment