सन्दीप जोराको कप्तानीमा हङकङ सिक्सेस खेल्ने टिमको घोषणा

डिसी नेपाल
६ कार्तिक २०८१ १८:०१

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले हङकङ सिक्सेसमा भाग लिने टिमको घोषणा गरेको छ। क्यानले सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टिमको घोषणा गरेको हो।

जसमा जोरासहित नारायण जोशी, प्रतिष जिसी, राशिद खान, लोकेश बम, बिबेक यादव र दिपेन्द्र रावत रहेका छन्। साथै प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन्।

५ ओभरमा खेलिने यस प्रतियोगितामा १२ देशले भाग लिदै छन्। नेपाल भने पूल बी मा अस्ट्रेलिया र इङल्याण्डसँग रहेको छ। नेपालले पहिलो खेल नोभेम्बर १ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने दोस्रो खेल नोभेम्बर २ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ।

प्रतियोगिताको पुल ए मा हङकङ, न्यूजील्याण्ड र दक्षिण अफ्रिका रहेका छन् भने पुल सी मा भारत, पाकिस्तान र युएई तथा पुल डी मा बंगलादेश ओमान र श्रीलंका रहेका छन्।

एक टिममा ६ जनाले खेल्ने यो प्रतियोगिताको खेल ५ ओभर खेलाइन्छ। यस अघि ८ देशले भाग लिने गरेकोमा यस पटक १२ देशलाई सहभागी गराइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *