माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई आठ लाख सहयोग

डिसी नेपाल
६ कार्तिक २०८१ १९:०७

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एसिया महादेश संगठन समन्वय समितिले बाढी, पहिरोपीडितका लागि रु आठ लाख ३८ हजार तीन सय सहयोग गरेको छ। समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सो रकमको चेक हस्तान्तरण गरेको हो।

समितिका इञ्चार्ज पम्फा भुसाल र सहइञ्चार्ज ओम शर्मालगायतले प्रदान गरेको चेक ग्रहण गर्दै अध्यक्ष दाहालले सहयोगका लागि समितिलाई धन्यवाद दिए। उनले मानवीय विपद्को सबै मिलेर सामना गर्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *