स्टुटगार्टसँग युभेन्टस पराजित

डिसी नेपाल
७ कार्तिक २०८१ ८:३२

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत युभेन्टस पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा युभेन्टस जर्मनी क्लब भिएफबी स्टुटगार्टसँग १-० गोल अन्तरले पराजित भएको हो । स्टुटगार्टको जितमा खेलको ९० मिनेटपछिको इन्जुरी समयमा एल बिलाल टोरेले निर्णायक गोल गरेका थिए ।

यस खेलमा खेलको ८४औ मिनेटमा डानिलोले रातो कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा सिमित भएको थियो । स्टुटगार्टको यस सिजनमा यो पहिलो जित हो । ३ खेलमा ४ अंक हासिल गरेको स्टुटगार्ट १६औ स्थानमा रहेको छ । त्यसैगरी युभेन्टसको भने ३ खेलमा ६ अंक रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *