बराबरीमा रोकियो पिएसजी

डिसी नेपाल
७ कार्तिक २०८१ ८:५८

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजी बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा पिएसजी डच क्लब पीएसभीसँग १(१ गोलको बराबरीमा रोकिएको हो ।

पिएसभीले खेलको ३४औ मिनेटमा नोआ लांगको गोलमा शुरुवाती अग्रता लिएकोमा पिएसजीका लागि असरफ हाकिमीले खेलको ५५औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो पिएसजीको यस सिजनमा पहिलो बराबरी हो । यो बराबरीपछि पिएसजीको ३ खेलमा ४ अंक भएको छ र लिगमा १७औ स्थानमा रहेको छ ।

त्यसैगरी पीएसभीको भने ३ खेलमा २ अंक छ र लिगमा २७औ स्थानमा छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *