सुनको मूल्यमा नयाँ कीर्तिमान

डिसी नेपाल
७ कार्तिक २०८१ १०:४१

काठमाडौं । सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । सूनको मुल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको १८ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार ७ सय पुगेको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ६५ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर २१३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *