सहकारी प्रकरणमा सत्तारुढ पार्टीका व्यक्तिलाई छोड्ने र रविलाई पक्राउ गर्नु भेदभाव : नारायणकाजी श्रेष्ठ

डिसी नेपाल
७ कार्तिक २०८१ १३:०६

बिराटनगर। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी प्रकरणमा रवि लामिछानेलाई आफुहरुले क्लिन चिट नदिएको बताएका छन्।

बुधबार विराटनगरमा संचारकर्मीहरु सँग कुरा गर्दै श्रेष्ठले गलत गर्ने जतिसुकै ठूलो व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउनु पर्ने जिकिर गरे। उनले आफूहरुले निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने र भेदभावरहित कारवाही हुनुपर्ने बताउँदै सहकारी प्रकरणमा सत्तारुढ पार्टीका व्यक्तिहरुलाई छोड्ने र रवि लामिछानेलाई मात्र कारवाहीको दायरामा ल्याउनु भेदभाव देखिएको बताए।

एक प्रश्नको जवाफमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले आफूहरुले आन्दोलन भन्दा पनि खबरदारी गर्न कार्यक्रम गरेको जानकारी दिए।

त्यस्तै श्रेष्ठले अहिले विपत्तिका बेला सबै राजनैतिक दलहरु मिलेर जनतालाई राहत, उद्धार र पुनस्र्थापना गर्ने बेला राजनैतिक दल फुटाउने अध्यादेश ल्याउनु गतल भएको टिप्पणी गरे।

श्रेष्ठले नेपालमा कम्युनिष्टहरु मिल्नुको विकल्प नभएको बताउदै तत्काल भने मिल्ने अवस्था नरहेको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *