भारतमाथि बंगलादेशको शानदार जित

डिसी नेपाल
७ कार्तिक २०८१ १९:४४

काठमाडौं। बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको हो।

बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा दुवै देशबाट कुनै गोल हुन सकेन र बंगलादेशले खेल जित्यो।

बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गरेकी थिइन् भने अफइदा खानडाकरले एक गोल गरेकी थिइन्। त्यस्तै भारतका लागि एक गोल बाला देवीले गरेकी थिइन्।

यो जितपछि बंगलादेशको २ खेलमा ४ अंक भएको छ र समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ। त्यस्तै भारतको २ खेलमा ३ अंक रहेको छ र समुह ए मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । योसँगै समुह ए मा रहेको पाकिस्तान भने समुह चरणबाटै बाहिरिएको छ।

त्यस्तै समुह बी बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो भने बिहिबार लाग्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *