श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडि

काठमाडौं। नेपालले जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेलको पहिलो हाफमा अग्रता लिएको छ।
अहिले काठमाडौंस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले ४-० को अग्रता लिएको हो ।
नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सावित्रा भण्डारी र सबिता राना मगरले एक एक गोल गरेका थिए।
यस प्रतियोगिताको समुह बी मा रहेको नेपाल समुह विजेता हुन ६ गोल अन्तरले जित हासिल गर्नुपर्ने छ।
प्रतिक्रिया
Facebook Comment