नेपाल समूह विजेता हुँदै साफको सेमिफाइनलमा

डिसी नेपाल
८ कार्तिक २०८१ १९:३६

काठमाडौं। नेपाल समूह विजेता हुँदै काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समुह विजेता बनेको हो।

नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सावित्रा भण्डारी, अमिषा कार्की, सबिता राना मगर र रश्मी राना मगरले एक एक गोल गरेका थिए।

यो जितपछि नेपालको समुह बी मा ३ खेलमा ७ अंक भएको छ र शीर्ष स्थानमा उक्लिएको छ। त्यस्तै ४ खेलमा ७ अंक नै भएको भुटान गोल अन्तरको आधारमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

त्यसैगरी समूह बी बाट श्रीलंका र माल्दिभ्स भने बाहिरिएका छन्। अब नेपालले सेमिफाइनलमा समूह ए को उपविजेता भारतसँग खेल्ने छ भने भुटानले समुह ए को विजेता बंगलादेशसँग खेल्ने भएको छ।  सेमिफाइनलका खेल २७ अक्टोबरमा हुने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *