एयरोस्पेस उद्योगमा आक्रमणको जवाफमा टर्कीको सेनाको इराक र सिरियामा आक्रमण

डिसी नेपाल
९ कार्तिक २०८१ ११:२४

काठमाडौं । टर्की सरकारले बुधबार राति इराक र सिरियामा रहेको कुर्दिश चरमपन्थी संगठन पीकेकेको स्थानमा आफ्नो सेनाले आक्रमण गरेको जनाएको छ ।

टर्कीले यस संगठनलाई हिजो अंकारामा भएको आक्रमणको जिम्मेवार आहर गरेको थियो। यस आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो ।

बुधबार टर्कीको राजधानी अंकाराबाट ४० किलोमिटर टाढा रहेको सरकारी एयरोस्पेस इन्डस्ट्रिजमा हमला भएको थियो, जसमा पाँच जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए।

टर्कीले कुर्दिश संगठन पीकेकेलाई यो हमलाको आरोप लगाएको थियो। आक्रमणका धेरै भिडियोहरू पनि बाहिर आएका थिए, जसमा दुई बन्दुकधारीहरू एयरोस्पेस इन्डस्ट्रिजको प्रवेशद्वार नजिकै गोली चलिरहेको देखिएका थिए।

यद्यपी यस आक्रमणको जिम्मेवारी कुनै पनि संगठनले लिएको छैन । टर्किको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “काउन्टर आक्रमणमा आतंकवादीहरूको कुल ३२ वटा लुकेका ठाउँहरू सफलतापूर्वक नष्ट गरिएको छ।”

राष्ट्रपति रेसेप तैयप एर्दोगानले ट्वीटरमा पोस्ट गर्दै एयरोस्पेस उद्योगहरूमा भएको आक्रमणलाई ‘घृणित’ भनेका छन्।

आन्तरिक मामिला मन्त्री अली येर्लिकायाले भने, “आक्रमण गर्ने दुईजनाको मृत्यु भएको छ जसमा एक महिला र एक पुरुष छन्।”

उनले यो हमलामा पीकेके (कुर्दिस्तान वर्कर्स पार्टी) संलग्न रहेको बताए ।

टर्किले पीकेकेलाई एक ‘आतंकवादी’ संगठन मानेको छ र यसलाई प्रतिबन्ध लगाएको छ। अमेरिका र बेलायत सन् १९८० को दशकदेखि टर्कीमा रहेका कुर्द अल्पसंख्यकलाई थप अधिकार दिन टर्कीसँग लड्दै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *