हाम्रो संसदमा देखिएका क्रिया प्रतिक्रियाहरु

कृष्ण बोहरा
११ कार्तिक २०८१ ७:१७

न्यूटनको सिद्धान्त अनुसार हरेक क्रियाको बिपरित र उल्टो प्रतिकृया हुन्छ। पृथ्वी नारायण शाहको दिव्य उपदेश छ “जाइकटक गर्नु झिकिकटक नगर्नु, हाम्रा बुढापाकाहरुको भनाइमापनि आफू जाइनलाग्नु आइलाग्नेलाई बाकी नराख्नु भन्ने छ।

माथिका भनाइहरु हाम्रो सामाजिक र राजनीतिक व्यबहारमा सधैं मेल खाँदै आइरहेका छन्। ०७९ मंसिरमा भएको चुनाव पछि संंसदमा नयाँ शक्तिको रुपमा रवि लामिछानेको उदय भए। यसले परम्परागत रुपमा सत्ताको बाघडोर सम्हालीरहेका दलहरुलाई थ्रेट महसुस भयो।

प्रचण्ड कामरेडको भाषामा निरन्तरतामा क्रमभंगता भए झैंं भयो। २१ सिटसहित संसदमा आएको रास्वपा पार्टीले भ्रष्टाचार ढिलासुस्ती र अनियमितताको उछितो काडेर बिरोध गर्न थाल्यो। निउँ के पाउँ भन्ने थियो।

रवि लामिछानेको कमजोरी खोजिनीतिको बिषय बन्यो। दुई वटा नागरिता, दुई वटा पास्पोर्ट फेला परेपछि उनी गृह मन्त्री भएकै बखत पहिलो पटक अनागरिक भए। गृह मन्त्रीको पद र सांसदको पद पनि गयो। हुन त यस्ता दोहोरो नागरिता भएका पुराना पार्टीका अरु पनि पदासीन ब्यक्तिहरु छन्।

कसैले पनि त्यसको वास्ता गरेको बुझिएको छैन। जो चुदुर बुदुर गर्छ, कसैले नगरेको नयाँ काम गर्न खोज्छ उसले यो नियती भोग्नुपर्ने कुरा सामान्य नै हो। हाम्रा पुराना बुढापाकाले भन्ने गर्दथे “अन्धाको देशमा गए आँखा चिम्लनु र अपांगको देशमा पुग्दा खुट्टा खोच्याउनु।” त्यो रवि लामिछानेले गरेनन्।

नयाँ काम गर्न जनताको मत लिएर आएका उनले संंसदमा आएर पनि भ्रष्टाचार र अनियमितताको खुलेर बिरोध गरे। रविलाई अरुले भन्दा नयाँ कसरी गरौं? भन्ने थियो। नयाँ गर्नकै लागि जनताको म्याण्डेट पाएका उनले नयाँ नगर्ने बित्तिकै उनको औचित्य पनि त समाप्त हुन्थ्यो। यसैले के के गर्न सकिन्छ? त्यो उनले गर्ने प्रयास गरे।

प्रहरी संंगठनमा सरुवा बढुवा आदि पावर र पैसाको आधारमा हैन योग्यता क्षमता र सेवा अवधीका आधारमा हुने भन्ने उर्दी जारी गरे। यसले प्रहरी संगठनमा पनि नयाँ आशा जगाएकै थियो। ढिलासुस्ती र घुसखोरीको बिरुद्धमा पनि केही काम हुन सुरु भएकै थियो। तर उनको नागरिक्ता केसको उल्झनले गृह मन्त्री र सांसदको पद गयो।

अनागरिक समेत भएकाले रास्वपा पार्टीको अध्यक्ष पद समेत गयो। दुई दिनपछि उनले पुरानो नागरिक्ता बुझाइ त्यही नम्बरमा नयाँ नागरिता लिएपछि बल्ल पुनः नेपालको नागरिक हुन पाए। उनको पार्टी अध्यक्ष पद फिर्ता भयो। चितवनमा उनको क्षेत्रमा नयाँ चुनाव भयो। भारी मतले पुनः उनी बिजय भएर संसदमा आइपुगे।

संंसदको सबैभन्दा ठूलो दल नेपाली कांंग्रेसको समेत समर्थनमा प्रचण्डले सरकारको नेतृत्व गरिरहनु भएको थियो। रास्वपा यो मन्त्रिपरिषद समावेश हुन चाहेन। यस बखत रविले गर्ने भूमिकामा माओवादी पार्टीको नेतृत्वको सरकारले केही उल्लेखनीय कार्यहरु गर्‍यो।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्ड, टिकापुर जग्गा काण्ड, सुन काण्ड जस्ता ठूला काण्डका फाइल खोले। माओवादीका प्रभावशाली नेता बर्षमान पुन समेत सुन काण्डमा तानिए। पूर्वसभामुख महराका बाबु छोरा नै तानिइसकेका थिए।

भलै यो केस अगाडि जान भने सकेन। यसमा माओवादीका केही बाध्यता थिए। ललिता निवास काण्डमा भाटभटेनीका मालिक मिनबहादुर गुरुङ जेलकै हावा खान पुगे। पछि उनी धरौटीमा रिहा भएका हुन्। अदालतमा मुद्दा चलिरहेकै छ। मुद्दा टुंगिएको अवस्था छैन।

भुटानी शरणार्थी काण्डमा कांग्रेसका पूर्वगृहमन्त्री बालकृष्ण खाँड समेत जेल पुगे। देउवा पत्नी आरजू राणा स्वयम् पनि यो केसमा छानबिनको दायरामा थिइन्। उनलाई टिकापुर जग्गा काण्डमा पनि तानिने छाटकाट आइसकेको थियो। यही क्रममा केही समझदारी बनाउन भनि पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ पूर्व प्रधानमन्त्री देउवाको निवास पुगेका थिए।

आरजूका कुरा सुन्ने बित्तिकै देउवा, “मर्ता क्या नै कर्ता “ भनेर जंगिएर जुरुक्क उठेकोे भन्ने खवर बाहिरिएको छ। प्रचण्ड मन्त्रिपरिषदको सरकारले पनि भ्रष्टाचारको सवालमा केही गर्न खोजेको भन्ने कुरा त्यस बेलाको गतिबिविबाट बुझिन्छ।

हुन त २०६२ सालपछि पहिलोपटक संसदमा बहुमतसहित आएका माओवादीको सरकार प्रमुख हुँदा पनि प्रचण्डले केही नयाँ काम गर्न खोज्नुभएकै थियो। निरन्तरतामा व्रmम भंंगता उहाँको भाषणको शब्दावलीमा प्रशस्त सुन्न पाइन्थ्यो त्यो बेला। पशुपतिनाथमा भारतीय भट्ट पुजारी हटाउने काम नयाँ थियो।

तत्कालीन सेनाप्रमुख रुकमांगद कटुवाललाई हटाइ तेस्रो बरियताका व्यक्तिलाई सेना प्रमुख बनाइएको थियो। तर पछि तत्कालीन राष्ट्रपति रामबरण यादवको कदमले प्रचण्डले गर्न खोजेका काम सबै असफल भयो। यसपछिका दिनहरुमा माओवादीका बिखण्डनका दिनहरु सुरु भए।

संंसदीय व्यबस्थामा समाबेस हुनु नै गलत थियो भन्दै कति त अलगिए र छुट्टै पार्टी गठन गरे। तर अलगिनेहरुले पनि नयाँ केही गर्न सकेनन्। कोही पुनः त्यही आफ्नो मातृ पार्टीमा आएर मिसिए।

यसपछिका दिनहरुमा माआवादी केन्द्र पनि पुराना राजनीतिक दलकै रुपमा दर्ज भएर अगाडि बढिरहेको थियो। तर रविको आगमनपछि आएको रौनकले प्रचण्ड र नारायणकाजी जस्ता केही गरौं भन्ने भावना भएका नेतालाई नयाँ रक्त संंचार भएको देखिन्छ। यसै व्यवस्था भित्र पनि गरे केही हुन्छ भन्ने प्रभाव केहीलाई त परेकै हो।

संसदमा रवि बेला बेला भन्ने पनि गर्दथे, “हाम्रै कारणले भ्रष्टाचारको सवालमा केही कुरा भएका छन्।” जसले गरे पनि राम्रै गरे त के भो? हाम्रै कारणले किन भनिरहनुपर्‍यो? संंसदीय व्यबस्थाको कमजोरीको रुपमा देखापरेको जस अरुलाई दिनै नचाहने प्रबृत्ति रविमा पनि देखियो।

प्रचण्ड नेपाली कांंग्रेसको समर्थन छोडेर पुनः नेकपा एमालेको समर्थनमा सरकार बनाउन आइपुग्नुभयो। संंसदको जोड घटाउमा पुनः रवि गृहमन्त्री बन्नु भयो। पहिल्यै नेपाली संंचार क्षेत्रका मनोपोली गर्न पल्केका बाह्र भाइको रविले एक एक गरि पोल खोलेकै थिए।

बाह्र भाइ मध्येका जेठो भाइ कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियालाई नागरिता केसमा नै जेलको हावा खान पठाइदिए। यही कान्तिपुरको पटक पटकको भँगेर अक्षरमा छापिने समाचारका कारण रवि पावरमा रहँदैको अवस्थमा अनागरिक बनेका थिए। रविले यसपटक पृथ्वीनारायण शाहको भाषामा भन्ने हो भने जाइकटक गरेका थिए।

भ्रष्टाचारका ठूला ठूला फाइल बाहिर आउन थालेपछि संंसदमा रहेका ठूला दलहरु प्रचण्डको सरकारमा भएको हालीमुहालीदेखि वाक्क भएको अवस्था थियो। दुबै ठूला दललाई खेलाउने र पछार्ने रणनीति बुझेका दलका शिर्ष नेताहरुले प्रचण्डको चालबाजी बुझिहाले।

कहिल्यै मिल्न नसक्ने ठूला दलका शिर्ष नेताहरुको आपसमा मन्त्रणा भयो। अचानक पासा पल्टियो। नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको नेतृत्वमा सरकार बन्यो। नेकपा माओबादी केन्द्र र रास्वपा पार्टी पनि बिपक्षी दलको बेन्चमा बस्न बाध्य भयो।

आफ्ना प्रिय भाउजूको बिरुद्ध उभिएका तत्कालीन गृहमन्त्री रवि लानेछानेलाई सहकारी ठगको बिल्ला भिराउन पहिल्यैदेखि नै युवा नेता भनिने गगन थापाहरु सक्रिय थिए। सरकारबाट रास्वपा हटिसकेपछि रवि पावरबाट झरिसकेको अवस्था थियो।

उनलाई पोखराको सूर्यदर्शन सहकारी ठगेको आरोपमा संंसदको छानबिन समितिले कारवाहीको निसाना बनायो। रविले गरेको क्रियाको यो कांग्रेसको प्रतिक्रिया थियो।
सहकारी छानबिन समितिका संयोजक सूर्य थापालाई पत्रकारहरुले सोधेको प्रश्नको उत्तर यस्तो छः-

– लामिछाने कुनै सहकारीको सदस्य बनेका छन्?
उत्तर -छैनन्।

-कुनै सहकारीका संंचालक बनेका छन्?
उत्तर- छैनन्।

– रवि लानेछानेले कुनै सहकारीबाट ऋण लिएका छन्?
उत्तर- छैनन्।

– ऋणको लागि कतै निबेदन दिएका छन्?
उत्तर – छैनन्।

– कतै कागजात पेस गरेका छन्?
उत्तर- छैनन्।

– कतै आफैं उपस्थित भएर ऋण मागेका छन्।
उत्तर – छैनन्।

– गोरखा मिडियाको संंचालक समितिको माइन्यूटमा सहकारीवाट ऋण लिने भन्ने कहिल्यै कुनै निर्णय गरिएको छ?

उत्तर- छैन।

अन्तिममा उनै सूर्य थापा भन्छन्, “हामीले रवि लामेछानेलाई दोषी किटान नै गरिसकेका छौं। किनभने यसको खर्चमा उनी दोषी छन्। उनले गोरखा मेडियामा बसेर चेक काटेका छन्।”

माथिको प्रश्नोत्तरले रवि लामिछानेलाई राजनीतिक रुपमा प्रतिशोध साँधेको मात्र देखिन्छ। भलै उनी प्रहरीको हिरासतमा पुगिसकेका छन्। सहकारी ठगीको रकम ८७ अरव भन्दा माथि पुगिसकेको भन्ने देखिन्छ। यसमा ठूला ठूला ठगी काण्डका अपराधीहरु पुराना र ठूला पार्टीकै देखिएका छन्। उनीहरु ढुक्कले आरामको निद्रा निदाइरहेको अवस्था छ।

पोखरामा भएको रास्वपाको जुलुसमा देखिएको जनसमर्थनलाई हेर्दा रवि लामिछाने सहकारी ठग हुन भन्ने कुरा जनताले नपत्याइरहेको नै पुष्टी हुन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *